ल हेर्नुस्, एक जना शिक्षक यसरी कुकुर बने ! Joke of the day

प्रकाशित मिति: २ मंसिर २०७७, मंगलवार ०८:०५

लोभी श्रीमान :  (श्रीमतीसँग) ‘छिट्टो एउटा ब्लेड देउ त ।’

श्रीमती : ‘हतारमा ब्लेड किन चाहियो र ?’

लोभी श्रीमान : ‘डिटोलको सिसी फुटेकोले खेरा जाने भयो, हात काटेर लगाउनु पर्यो भनेर !’

@@@

हकर  : ‘ल हेर्नुस हेर्नुस्, एउटा झुटो समाचारले ११० जना मानिस ठगिए !’

बटुवा : खै एउटा पत्रिका दिनुस त  हेरौँ ।

हकर : ( अझै चर्को स्वरमा ) ‘ल हेर्नुस, हेर्नुस्, एउटा झुटो समाचारले १११ जना ठगिए !’

@@@

एकजना खन्चुवा टिचरले बिद्यार्थीको खाजा खाइदिए पछि…

टिचर : रोहन, ‘मैंले तिम्रो खाजा खाइदिएको कुरा घरमा भन्दैनौ नि ?’

रोहन : ‘भन्दिन सर !’

टिचर : ‘ममीलाई के भनेर खाजा माग्छौ त ?’

रोहन : ‘ममी मलाई भोक लाग्यो । बिहानको खाजा त एउटा कुकुरले खाइदियो भन्छु !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com