उनले फलामबाट यसरी पानी निकाले ! Joke of the day

प्रकाशित मिति: १७ पुष २०७७, शुक्रबार ११:१०

रविन : ( सबिनसँग ) ‘तिमी जर्मनी भाषा पढ्न सक्छौ ?’

सबिन : ‘जत्ति सक्छु, तर नेपालीमा लेखिएको हुनुपर्छ !’

@@@

रोहन : ‘म सारै तनावमा छु यार, जे काम गर्न खोज्छु मेरी श्रीमतिले बाटो छेक्छिन् , के गर्ने होला ?’

शोहन : ‘म सँग एउटा राम्रो आइडिया छ !’

रोहन : (खुशी हुँदै ) ‘त्यस्तो के आइडिया छ ?’

शोहन : ‘ट्रक चलाउन थाल्नुस, यस्तो काम सधैँलाई अन्त्य हुन्छ !’

@@@

शिक्षक : ‘चाहनामात्र हुनुपर्छ, ढुङ्गाबाट पानी निकाल्न सकिन्छ !’

विद्यार्थी : ‘ढुङ्गाको के कुरा सर,  मैले त फलामबाट पानी निकाल्ने गरेको छु !’

शिक्षक : ( अचम्म मान्दै ) ‘कसरी भन त ?’

विद्यार्थी : ‘हेण्ड पम्पले तानेर !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com