कलेजका ठुल्ठुला चौर : चर्ने कि पढ्ने !

प्रकाशित मिति: ५ माघ २०७७, सोमबार १९:५१

कलेजको विज्ञापन :
१० बिघाहा क्षेत्रफलमा रहेको इन्जिनियरिङ कलेजमा अध्ययन गर्न भर्ना खुल्ला गरिएको छ ।

अचम्मको कुरा : कलेजले विद्यार्थीलाई चर्न बोलाएको कि पढ्न !?

@@@

देवजन बा ले तौल मेसिनमा चढेर आफ्नो तौल लिइ सकेपछी …

डाक्टर : ‘कति रहेछ तौल हेर्नुस त ?’

देउजन बा : ‘चश्मा लगाएर जोख्दा ७० केजी डा’साव !’

डाक्टर : ‘अनि… चस्मा नलाई जोख्दा ?

देउजन बा : ‘चस्माबीना केही देखिदैनन्, त्यसैले सुन्ना !’
@@@

नयाँ दुलाहा, दुलही विवाहको भोलिपल्ट अनुभव साट्दै गर्दा …

दुलही : ‘हजुरले घुम्टो खोलेर पहिलो पटक मलाई हेर्दा कस्तो लाग्यो ?’

दुलाहा : ‘खासै अनौठो लागेन । किनकी, मैले पहिल्यै भुतको फिलिम हेरिसकेको थिएँ !’

@@@

शिक्षक : ‘राम, यस्तै होमवर्कले तिमी तेश्रो श्रेणीमा पनि पास हुन गार्हो छ !’

राम : ‘छोड्नुस सर, जस्ता गुरु उस्तै चेला, उस्तै हौंला जे होला होला !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com