पुराना Jokes नयाँ Test !
प्रकाशित मिति: १८ माघ २०७७, आईतवार ०८:५०
पहिलो कैदी : ‘जाबो डोरी चोर्दा जेल परिन्छ र ? !?’
दोश्रो कैदी : ‘डोरीको टुप्पामा भैंसीपनि बाँधेको रहेछ क्या !’
###
रोहन टिल्ल पिएर राती घर फर्किंदै थियो,
एउटा लट्ठीमा अल्झिएर फोहरको डंगुरमा लड्नासाथ बिजुली झुलुक्क चम्किएपछी..
रोहन : ‘हे भगवान, यो कुन शत्रु हो !? पहिला छिर्के लगाएर फोहरमा लडायो, पछी क्यामेरा निकालेर फोटो समेत खिच्यो !’
###