डोरी चोरेको आरोपमा जेल चलान !

प्रकाशित मिति: २० माघ २०७७, मंगलवार ०९:१८

बुबा : ‘छोरा, आज सम्म तिमीले मेरो शीर उठाउने काम कहिल्यै केहि गरेनौ !’

छोरा : ‘तपाईँले बिर्सिनुभो बुबा, मैले धेरै पटक हजुरको शीर उच्च बनाएको छु !’

बुबा : ‘कसरी भन त ?’

छोरा : ‘सिराने होचो भयो भन्नु भयो, मैले अग्लो सिरानी कति पटक लाइदिए सम्झिनु त !’

@@@@

सानो बच्चालाई बुबाले स्कुल लैजाँदै गर्दा बच्चा रोएपछी…

बुबा : ‘म सिंह हुँ, सिंहको बच्चा स्कुल जाँदा कहिल्यै रुँदैन छोरा, नरोउ !’

छोरा : ‘म बुझ्छु बुबा, सिंहको छोरा कहिल्यै स्कुल पनि जाँदैन नि !’


@@@

पहिलो बन्दी : ‘तिमी के कारणले जेल पर्यौ ?’

दोश्रो कैदी : ‘एउटा सानो डोरी चोरेको कारणले यार !’

पहिलो कैदी : ‘जाबो डोरी चोर्दा जेल परिन्छ र ? होइन होला !’

दोश्रो कैदी : ‘डोरीको टुप्पामा भैसीपनी बाँधेको रहेछ क्या !’

@@@@

रोहन टिल्ल पिएर राती घर फर्किंदै थियो,
एउटा लट्ठीमा अल्झिएर फोहरको डंगुरमा लड्नासाथ बिजुली झिलिक्क चम्किएपछी..

रोहन : है भगवान ! यो कुन शत्रु हो यार, पहिला छिर्के लगाएर फोहरमा लडायो, पछी क्यामेरा निकालेर फोटो समेत खिच्यो !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com