आजका रमाइला चुट्किलाहरु : माग्ने र ढाँट्ने उस्तै उस्तै !

प्रकाशित मिति: १६ श्रावण २०७८, शनिबार २१:१५

एक दिन एकजना रक्सीले मातेको मानिस घरको छतबाट तल सडकमा खसेपछी..

गाउँलेहरु : ( मत्तुलाई हेर्दै) के भएको हँ  ?’

मत्तु : थाहा भएन हजुर, म पनि जष्ट आइपुग्दै छु !



गणितको क्लास चलिरहेको बेला….

शिक्षक : ‘ भन त राम , एक जना महिलाले एक घण्टामा ५० वटा रोटी पकाउन सक्छिन भने तिन जनाले कति पकाउन सक्लान ?’

राम : ‘ २५ वटा पनि पकाउन कठिन हुन्छ सर !’

शिक्षक : ( अचम्म मान्दै ) ‘कसरी यस्तो हुन्छ, भन त ?’

राम : ‘किन की कुरा काट्नै समय पुग्दैन !’


—-
माग्ने : ( बटुवसँग ) ‘दाइ मलाई ५ रुपैंयाँ दिनुस न !’

बटुवा : ‘५ रुपैयाँ त के मसँग त एक रुपया पनी छैन !’

माग्ने :‘त्यसोभए आउनुस, संगै भिख मागौं !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com