तीन जोक्स

प्रकाशित मिति: २५ श्रावण २०७८, सोमबार १०:२१

एकदिन रोहनको कारमा एउटा सुँगा ठोक्किएर बेहोस भएपछि

रोहन : ‘सुँगालाई घरमा लगेर पिंजडामा राख्छन् ।’

सुँगा : ( होस खुलेपछि ) ला… म जेलमा ! सायद कारवाला मरेछ !

****

एकजना मानिस कपाल झरेर हैरान भएपछि…
मानिस : ‘डाक्टर सा’व, कपाल झरेर हैरान भएँ, केहि दिनुस् न !’

डाक्टर : ( खाली बट्टा दिंदै ) ‘ल यो लिनुस् !’

मानिस : ‘यसलाई कसरी प्रयोग गर्ने डाक्टर सा’व ?’

डाक्टर : ‘झरेको कपाल टिप्ने यसमा भर्ने !’

***

देश र विदेशमा भएका प्रेमी- प्रेमिकाबीच भएको वार्तालाप

प्रेमिका : ‘यो एक्लोपनामा मेरो सम्झना आउँदैन ?’

प्रेमी : ‘अत्ति धेरै आउँछ !’

प्रेमिका : ‘अनि के गरेर न्याश्रो मेट्छौ त ?’

प्रेमी : ‘तिमीलाई सम्झिदै, पुरानी गर्लफ्रेण्डलाई फोन गर्छु नि !’ 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com