आजका रमाइला चुट्किलाहरु : बिरामी- डाक्टर वार्तालाप !

प्रकाशित मिति: १ भाद्र २०७८, मंगलवार १०:२४

राजु अचानक बेहोस भएका आफ्ना बुबालाई लिएर अस्पताल पुगेपछि…

राजु : ‘डाक्टर सा’ब, बुबालाई के भयो चेक गर्दिनुस् न !’

डाक्टर : ‘सरी, हार्ट फेल भएछ !’

राजु : ‘कति नम्बर पुगेन डा’साब !?’

***

डाक्टर : ‘कस्तो हुँदैछ अहिले भन्नुस् त ।’

विरामी : ‘कस्तो हुनु र हजुर, सहनु भन्दा मर्नु नै बेस लाग्न थालेको छ !’

डाक्टर : ‘हुन्छ, म पुरै प्रयास गर्ने छु !’

****

रोहन : ‘डाक्टर सा’ब, आमालाई सन्चो छैन, के गरौँ ?’

डाक्टर : ‘म उहाँको केहि टेष्ट लिन्छु, त्यसपछी मात्र औषधि लेख्छु है ।’

रोहन : ‘ डाक्टर सा’ब, मेरी आमाले त पढेकै छैन नि !’ 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com