आजका रमाइला चुट्किलाहरु : पर्यटकको केक युवाले कुल्चिदिए !
प्रकाशित मिति: ६ भाद्र २०७८, आईतवार १२:०१
दुइजना बच्चा साथमा लिएर एक महिला बसमा चढेपछि….
महिला (कण्डक्टर सँग) :’बच्चाहरुको त भाडा लाग्दैन नि ?’
कण्डक्टर : ‘१२ भन्दा माथि भए लाग्छ नत्र लाग्दैन ।’
महिला : ‘ए, त्यसोभए मेरा त नौ वटामात्र छन् !’
***
रोहन हतास हुँदै स्कुलबाट घरमा आएपछि….
आमा : ‘किन हतारिदै आइपुग्यौ छोरा ?’
रोहन : ‘दशानिघि सर पछिपछि आइ रहनुभा छ, त्यसैले डर लागेर !’
आमा : ‘ आफ्नै सरसँगपनी डराउनु पर्छ र ?’
रोहन : यो वर्षको अन्त्यतिर दशाले खेद्न सक्छ भनेर ज्योतिसीले भनेको बिर्सिनु भयो !’
***
एकजना गाउँबाट आएका युवा अंग्रेज पर्यटकले खाजा खाइरहको ठाउँमा पुगेपछि…
अंग्रेज (यवालाई केक दिंदै) : टेक दिस्, टेक दिस् ।’
युवा : ‘छैन, छैन, मैंले टेकेको छैन !’
अंग्रेज : ‘नो, नो, टेक दिस्, टेक दिस् !’
युवा : (केक भुइमा झारेर क्याच्च कुल्चिंदै) हैन, हैन भन्दा पत्याउँदैनस् , ल जा , अब चाहिं टेकिदिएँ !’