आमालाई छोराले यसरी हँसाए : आजका रमाइला चुट्किलाहरु
प्रकाशित मिति: १५ भाद्र २०७८, मंगलवार ०९:३०
आमा : ‘छोरा, तिमी आजकल खाना किन थोरै खादैछौ ?’
छोरा : ‘दुब्लाउनका लागि आमा !’
आमा : ‘किन दुब्लाउनु पर्यो त ?’
छोरा : ‘हजुरले बुढेशकालको लौरो बन्नु पर्छ है भन्नु भएको हैन त ? लौरो बन्न !’
@@@
आमा : छोरा, ‘पल्लो गाउँतिरबाट के को धुवाँ आइरहेको छ हेर त ?’
छोरा : ‘लोग्ने स्वास्नीबीचको झगडा रहेछ आमा !’
आमा : ‘झगडामा धुवाँ कसरी आउछ त ?’
छोरा : ‘परालको कुन्युमा आगो लागेर !’