तपाइंको मन हँसाउने रमाइला चुट्किलाहरु

प्रकाशित मिति: १० आश्विन २०७८, आईतवार ०८:४३

बसमा यात्रु र कण्डक्टरबीच भएको सम्वाद……

यात्रु : ‘मैंले बस भित्र बसेर चुरोट पिउन सक्छु ?’

कण्डक्टर : ‘नो नो नो, यस्तो गर्न मिल्दैन !’

यात्रु : ‘बस भित्र यि ठुटाहरु कसरी आए त ?’

कण्डक्टर : ‘यि ठुटा त मलाई नसोधि खाने  चतुर यात्रुले फालेका हुन् !’

@@@@

रोहन पुलिसमा भर्ति हुन अन्तरवार्तामा सहभागि हुँदैगर्दा….

प्रहरी अधिकृत : ‘ २ र ३ जोड्दा कति हुन्छ ?’

रोहन :  ‘ ५  हुन्छ सर ।’

प्रहरी अधिकृत :  ‘५  र ५ जोड्दा ?’

रोहन : ‘१० हुन्छ सर ।’

प्रहरी अधिकृत : ‘अब अन्तिममा भन्नुस त ८ र ८ जोड्दा कति हुन्छ ?’

रोहन :  ‘सरी सर, मेरा हातमा जम्मा १० वटामात्र औंला छन् !’

@@@@

श्रीमान : (रिसाउँदै ) ‘यो घरभेटीले पनि हद् गर्न थाल्यो यार !’

श्रीमति : ‘के, घर छोडदिनु भनेको हो र ?’

श्रीमान : ‘होइन, होइन !’

श्रीमति : ‘किन रिसाउनु भएको त, कि भाडाबढायो ?’

श्रीमान : ‘भाडा बढाएको भए त हुन्थ्यो नि, , अस्ति वाइफाईको पासवोर्ड फेर्यो, ऐले छोरीकै विहे गर्ने निर्णय गरेछ !!’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com