तपाईंको मन हँसाउने आजका रमाइला चुट्किलाहरु

प्रकाशित मिति: २६ कार्तिक २०७८, शुक्रबार ०८:४०

श्रीमती : ‘सुन्नु न, किचनमा दाल मात्र पकाएकी छु, पाहुना आउदैछन् के गरौ ?’

श्रीमान : ‘पाहुना आएपछी एउटा भाँडो भुइंमा खासाल, आवाज सुन्नासाथ म के भयो भन्छु, पनिर घोप्टियो भन्नु ! तुरुन्तै अर्को कचौरा खसालेर अचार पोखियो भन्नु। त्यसपछी म भन्नेछु – भैगो, दाल संग मात्रै भएपनी खाऔं न त !’

( पाहुना आइपुग्ग्दा कुनै भाँडो खसेको आवाज आएपछी )

श्रीमान् : (बडो सजग हुँदै ) ‘हैन के को आवाज आयो हँ ?’

श्रीमती : ‘ढाँट्या कुरा काट्टे मिलेन हजुर, दालाकै भाँडो घोप्टियो !’

@@@@

एक पटक एक बृद्ध जोडीले आफु बयस्क हुँदाको प्रेम अनुभूति गर्ने निर्णय गरेछन्। स्थानको रुपमा उही पुरानो रमणीय पार्कको छनौट गरेपछी

(पतिले हातमा गुलाफ बोकेर उमंगका साथ घन्टौं पार्कमा पर्खीए, पत्नी नआएपछी घर फर्किएर)

पति : ‘तिम्रो प्रतिक्षामा घन्टौं पर्खिएँ, किन नआएकी !’

पत्नी : ‘आमाले घरबाट निस्किनै नदिएको पुरानो अनुभूति गरेकी हजुर !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com