बाबालाई सोध्लान् नि खै दर्ता भन्लान्, बढ्ता नबाेल् भन्दिए !

प्रकाशित मिति: ६ मंसिर २०७८, सोमबार ०९:५२

एमाले नेताहरूमा ओलीकै आश, ओलीकै त्रास
चलिरहनेछ त्यसरी नै, रहुन्जेल ओलीकै सास !

ओलीको प्यारेन्टिङ टिप्स : ‘बच्चालाई गाली नगर्नुस्, बदमास छ नभन्नुस्’
प्रचण्डको ‘बच्चाको हातमा हतियार थमाउने’ प्यारेन्टिङ टिप्ससँग ओली जुध्न पुगेपछि पार्टी फुटेछ !

‘चुनाव हुँदा कार्यकर्ताले विवेक पुर्‍याउँछन्, सहमति गर्दा नेतृत्वले’ – शंकर पोखरेल
चुनाव हुँदा जनताले पुर्‍याउनुपर्ने विवेक, कार्यकर्ताले पुर्याएर के गर्नु !

एमाले प्रवक्ता ज्ञवालीले सोधे – ‘प्रधानमन्त्रीले कानुनले निषेध गरेका टेलिभिजन च्यानल उद्घाटन गर्नुको कारण के हो ?’
उमेर ढल्कियो, छिट्टै आफ्नो देशमा रामदेवको च्यानल हेरेर स्वस्थ रहनकालागि !

बाबा रामदेवलाई पर्यटन मन्त्रीको प्रस्ताव – ‘नेपालको पर्यटन प्रवर्द्धनका लागि ब्राण्ड एम्बेस्डर बनिदिनुहोस्’
नेपालको पर्यटन प्रवर्द्धनका लागि भारतीय ब्राण्ड एम्बेस्डर – क्या प्रस्ताव !

‘सशस्त्र द्वन्द्वका कमी कमजोरी छानबिन गर्न प्रतिवद्ध छौं’ : प्रचण्ड
५०००को जिम्मा लिएको नि कमी नै कमजोरी हो, त्यसको पनि छानबिन गरौँ है !

‘फेरि अध्यक्ष नबन्ने ओलीको भनाइको सम्मानका लागि उम्मेदवारी घोषणा गरेको हुँ’ : रावल
उम्मेदवारी घोषणा त अध्यक्ष बन्नकालागी गरिन्छ, हैन र ?

‘पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा सरकार गम्भीर हुनुपर्‍यो, मन्त्री नपाए हामी दिन तयार छौं’ – माधव नेपाल
पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा सरकार गम्भीर हुनुपर्‍यो, मन्त्री नपाए म तयार छु- माधव नेपाल

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com