एमसीसीलाइ बंग्याउने को हो ?
प्रकाशित मिति: १९ माघ २०७८, बुधबार २०:२५
-केशवराज गजुरेल
सोझो एमसिसीलाई बंग्याउने हामी, वस्त्र पहिरिएको थ्यो नङ्गाउने हामी !
तिललाई पहाड र पहाडलाई तिल ठान्ने हामी, मैंले गरे ठिक अरुले गरे बेठिक मान्ने हामी !
एमसिसी आए रमाउने हामी, फर्किएर भाग्यो भने धोती समाउने हामी !
अस्थिर, द्वैध, द्वयलपाटे चरित्रका छौँ हामी, स्वार्थ मिल्यो भने एमसिसी मै रमाउछौँ हामी !
के छोप्नु के लुकाउनु नेपाली हौँ हामी, थोरै राजनीतिको बुझेका ठुटे नेताहरु छौँ हामी , थोरै राजनीति बुझेका ठुटे नेताहरु छौँ हामी !!