‘राजाकुटे बा’ उर्फ ‘सुल्फे खत्री’को उपदेश बालेनलाई !

प्रकाशित मिति: २९ असार २०७९, बुधबार १०:४१

-श्यामजंग खत्री ‘जंगे मौसुफ’
अरुण उपत्यका, कोशी अञ्चल

हाम्रा ठुला बाउ ‘सुल्फे खत्री’ले लिम्बुनी बिहे गरेका छन् । छोरा छोरी यु.के.मा छन् । उनि आनन्दले गाउँमा अर्गानिक जिन्दगी बाँचेका छन् । लाग्छ, यी बुढाबुढी जति खुसी यो संसार कोहि छैन हाेला !

अस्ति चुनाबताका गाउँमा जाँदा यसो संसारिक माया मोह बिर्सन मन लागो । र, ठुला बाउको घरमा छिरेँ । दुबैलाई ट्टामा ढोगेर बस्न आँटेको थिएँ, ठुल्
ठुल्बाउले आमैलाई छेर्नेगारी हकारे- ‘यो बिलायतबण फर्केको मान्छे हो । यस्लाइ छोराले पठाई दिएको बेलायती पिरा दे बस्नलाई’ भन्दै !

आफुले बेलायतमै नदेखेको कस्तो चाहिँ पिरा रहेछ भने र सोच्तै थेँ, तुल्यामा एउटा ल्यापटप बोकेर आइन् र भुइँमा ओछ्याएर ‘बस्’ भनिन् ।
‘यो बस्ने चिज होइन ठुलाबाउ’ भनेको, ‘जान्ने हुन्छस् जाँ**’ भन्दै दुवै ममाथी नै खनिए । म चुप लागेर बसेँ । ठुबाउलाई थाहा नभको कुरो नि केही छैन । संसारमा नघुमेको देश नि कुनै छैन।

१५ बर्षअघि ‘जापान घुमेर आएँ ठुल्बाउ’ भनेर जाँदा झन् उल्कै गरेका थे । भने- ‘पहिला त जापान म जाँदा हिलाले जुत्ता भासिएर हिड्न नै सकिँदैनथ्यो । अहिले कतिको हिलो रहेछ केटा ?’ भनेर सोध्याथे ।

११ बर्ष अघि ‘टर्की घुमेर आएँ’ भनें । ‘त्यो ठाउँ त पहिला जुका ले सार्है दुख दिन्थो, अहिले के रछ’ भनेर सोधेका थे । ‘अहिले त भ्यात्लुङ नि लाग्दा रछन् बा’ भनेको ‘देखिस् त’ भन्दै तिन हातमाथी उफ्रीए।

७ बर्ष अगाडि बा ‘युके पुगेर आएँ’ भन्दै घर पुगेको । ‘पहिला म जाँदा त घुँडा घुँडा पानि आउँथाे, अहिले कस्तो रछ ?’ भनेर सोध्थे । ‘यस्तो हुँदैन’ भनाैँ भने दुबैजना नै खनिन्थे । जे भने नि हो भन्नू पर्छ सुल्फे ठुल्बाउलाई !

एक पटक ‘धनकुटामा २०२७ सालमा राजा महेन्द्रलाई चस्मा फुट्ने गरि दुई झापड हानेको तीन मन अलैची बेचेको पैसा अर्मल तिरेको हुँ ।’ भनेर गाउँमा उति बेला गफ लाएछन । तेसैले गाउँमासबैले ठुल्बाउलाई ‘राजा कुटे बा’ भनेर सन्मान गर्थे । भएको चाहिँ के रहेछ भने, तीन मन अलैची बोकेर धरान बेच्न हिडेका रछन् । जुवा खेलेर सबै पैसा सकेछन् । अनि ठुल्यामाले मार्छिन् भनेर ‘राजा कुटेको’ गफ देका रछन् । आखिर त्यो जमानामा नाम नै ‘राजाकुटे’ भयो ।

ठुलाउको नाम ‘सुल्फे खत्री’ रहनुको कारण चाहिँ अर्कै छ । एकदिन गफ लाएछन- ‘मेरो घरमा औल-लेख खसी पारेको भाले सबै प्रकारका गाँजा पाइन्छन्’ भनेर । र, सुल्फा पनि खाल खाल्का रहेछन । बन झाँक्रीको नलिखुट्टाको सुल्फा र स्यालको सिङको सुल्फा उनको सबैभन्दा महङ्गो सुल्फा हो रे । एउटा खैरेले दुईटा सुल्फालाई दुई अर्ब दिँदा नि नदिएका रे ! ‘दुख नै जान्थो, किन नदिएको त ठुल्बा ब?’ भनेको भित्रबाट ठुल्यामा अगुल्टो बोकेर निस्किन् -‘हामिलाइ के दुख देखिस् है जाँ**’ भन्दै । झन्नै मुखमा झोसी दिनन् !

अरु केही नगरे नि ठुलाउले ठुल्यामालाई तेति बिश्वास चाहिँ दिलाएका छन् । मलाइ नि आज ‘एकअर्ब जाने स्यालको सिङ मै पाँच सर्को सुल्फा तान’ दिए ।

सुल्फाकै सुरमा काठमाडौंतिरको खबर निस्कियो । चुनाब बालेनले जित्छ भन्ने कुरा भयो । र्यापर भनेका गँजेडी हुन् भन्ने बाजे लाई सार्है ठुलो भ्रम रहेछ । तर, यम बुद्ध, लाहुरे अहिलेको जि-बब बारेमा के खान्छन् , के गर्छन् भन्ने कुर मलाईभन्दा ठूलो ज्ञान उन्मा रहेछ ।

एक चोटि ठुलाउ गाँजाकै सुरमा सिक्किम पुगेछन् । एउटा होटलमा काम गर्न थालेका रे। उनले यस्तो काम गरे रे कि ११ जना स्टाप भएको होटलमा यिनको काम देखेर ५ जनालाई निकालो रे साहुले ! एक महिनापछि काममा लत्तो यसरी छोडे रे कि पैसा चोर्छ कि भनेर यिनलाई रुङ्न मात्र अरु दुई जना स्टाप थप्यो रे ! यातिगर्दा पनि बुढाको बानी नसुध्रेपछि साहुले आजित भएर कामबाट निकाली दिएछ ।

त्यसपछि ठुलाउ घर फ़र्किएछन । गाउँ छेउमा पुगे पछि आफैं गोजि च्यातेर ‘रेलमा लुटिएँ’ भन्दै छाती पिटिपिटि रुएछन् , बजुले मार्छिन भनेर ! एकदिन ठुलाउले मलाई भने- ‘यो मेरो गल्ती होइन नाति गल्ती नसा को हो । तिमेर्को बालेनले पनि एक महिना यसरी नै काम गर्छ । तेस्पछीका काम हेर है !’ नसाको ट्रीप सबैलाइ ठुल्बाले दिएको अर्तिको झल्झली याद आई रहेको छ ।

हाम्रा ‘राजाकुटे ठुल्बाउ’ उर्फ सुल्फे खत्रीको गँजेडी गफजस्ताे नहोस् । किनकी बालेन हाम्रा भविष्य हुन् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com