प्र.म.को राजिनामा : ओली शैलीमा

प्रकाशित मिति: ६ श्रावण २०७३, बिहीबार ०८:२५

 

सम्माननीCPN-UML-Sharma-KP-Sharma-Oliय सभामुखनीज्यू,
संग्राम भवन, नयाँ बानेश्वर ।
बिषय: राजी भएर दिएको नामा संबन्धमा ।

महोदया,
म र मेरो सरकार बिरुद्ध ‘इर्स्या प्रश्ताव’ दर्ता भएको थाहा भयो । यसका पछाडी कुन ‘माक: फुईं’को हात भन्ने कुरा दुनियाँलाई थाहा भएपनि ‘गोरु नाङ्गो देख्दा मलाई लाज लागेको छैन’ । यस्तो ‘माखेसाङ्लो’ कसेर न ‘बोकाले दाईं’ हुन्छ, न त ‘बयल गाडा चढेर अमेरिका’ नै पुगिन्छ ।

 

महोदया,
‘झुसिलेबाट पुतली बन्ने भएपनि झुसिलेलाई पुतली भनिंदैन ।’ ‘हात्ती दुब्लाएर बोरामा अट्दैन, मुसो मोटाएर हात्ती बन्दैन ।‘ जनता गोलो घोचेर बिच्किएको अरिंगाल होईनन्, जसलाई पायो त्यसलाई चिल्ने ।’ त्यसैले म गलत रहेछ भने ‘गाईलेपनि मलाई लखेटोस्’, अरु गलत रहेछन् भने ‘तिनलाई कुख्राले पनि लखेटोस् ।’

 

महोदया,
मलाई लाग्थ्यो, वर्तमान सरकारलाई ‘२०७४ सालसम्म कसैले हल्लाउन सक्दैन’ किनभने ‘रुखबाट दुईतीनवटा आँप झर्दैमा बगैंचा रितिंदैन ।’ तर, गच्छेदारको पनि सरकार छोड्ने घोषणा आएपछि ‘अरुलाई सुर्धानु अप्ठेरो रहेछ’ भन्ने ज्ञान भएको छ ।’औषधि खुवायो, निल्दैन । एकछिन मुखैमा राख्छ, यताउति हेरेर ओकलिहाल्छ । अनि, हामी के गर्नु त ?’
महोदया,
अविस्वास प्रश्ताव पहिले कि बजेट बिधेयक पहिले भन्ने कुरो आएको छ । यो बिषय अण्डा पहिले कि चल्ला पहिले ? पर्दाथ पहिले कि चेतना पहिले ? श्वास पहिले कि प्रश्वास पहिले भनेजस्तै हो । यो गोलचक्करमा अल्झिंदा सरकारले प्राप्त गरेको लोकप्रियता ‘मेकअप पुछिएकी नायीका’को अवस्था पुग्ने भएकाले
म यो निर्णयमा पुगेको छु ।

 

महोदया,
यसै सदनमार्फत् म निकट प्रधानमन्त्री देउवाजीलाई सुझाव दिन चाहान्छु, मैलेजस्तो ‘भुरुरु धुवाँ छोड्ने डिजेल बस हैन, ईलेक्ट्रि्क बस’ चलाउनु होला । ग्याँस ‘पाईपमात्र हैन, इमेलबाट ग्याँस’ बितरण गर्नुहोला । हावाबाट बिजुली निकाल्ने काम हुंदै थियो, दक्षिणी वायुले पोल ढालि दियो । चिनसँग धेरै सहमती भएको छ, मैलेजस्तो ‘कस्तो सहमती ?’ नभन्नु होला । भएको संझौतापनि भएको छैन भन्नेलाई खुवाउने ओखती अहिलेसम्म बनेको छैन रे ।

 

महोदया,
प्रचण्डजी, हाम्रा बिछोड भयो भनेर चित्त नदुखाउनु होला । सिनेमामा हिरोले हिरोइनलाई अँगालो हाल्छ, काखी च्याप्छ, हिरोइन आँशु झार्छे, एकअर्कालाई केही भयो भने पुर्पुरोमा हात राखेर रुन्छन् । जब सिनेमा सकियो केको लभ पर्नु रु हिरो एकातिर, हिरोइन अर्कैतिर । हामीले जति राम्रो बनाउन खोजे पनि एमाले माओवादीको सम्बन्ध त्यस्तै भयो ।
महोदया,
मेरो सपना थियो, सिलिण्डरयुगको समाप्ती गरिदिन्छु, तर अकस्मात ग्याँस पाईपमा प्वाल पऱ्यो । हावाबाट बिजुली निकाल्ने काम शुरु हुँदै थियो, दक्षिणी वायुले बिजुलीको पोल मकाई दियो । तपाईं र देउवा दुबैलाई अनुरोध छ, मैलेजस्तो भई सकेको सहमतीलाई ‘भएकै छैन’ भनेर नभन्नुहोला । यस्तो भन्नेलाई खुवाउने औषधी नै बनेको रहेनछ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com