बालुवाटार छोड्न सातदिने अल्टिमेटम

प्रकाशित मिति: १३ श्रावण २०७३, बिहीबार ०६:१२

सुशासन र सदाचारकालागी हास्यब्यङ्ग्यको हतियार उठाएको सिस्नुपानी नेपालले काम चलाउ प्रधानमन्त्री केपि शर्मा ओलीलाई ‘बालुवाटार छोड्न सातदिने अल्टिमेटम’ दिएको छ ।
प्रधानमन्त्री हुनासाथ सिंहदरबार र बालुवाटार धाउने परम्परालाई तोड्दै सिस्नुपानीको यो टोली प्रधानमन्त्रीको पद खुस्कने पक्का भएपछिमात्रै बालुवाटार पसेको थियो ।
‘तपाईं राष्ट्रबादी प्रधानमन्त्री त पर्नु भो20160727_114117, तर सपना बाँड्नु बाहेक के गर्नु भो ?’ सिस्नुपानीका राजनैतिक कमिसार क. अर्जुन पराजुली खनिए । कवि पराजुलीकै शैलीमा प्रधानमन्त्री बोले,

‘मैले त सपना बाँडे पो, यहाँ त सपना बेच्ने गरिन्छ,
सपना देख्ने देखाउने गर्नुपर्छ, नत्र यहाँ   ज्युँदै मरिन्छ ।’

सिस्नुपानीका बृगेड कमान्डर टंकराज आचार्य खनिए,

‘जाबो राष्ट्रियता नबेच्ने,बद्नामी नकमाउने, नझुकाउने  टाउको,

धन्नै जन्मिएको रहेछौ छोरो,
के पि अोलीका बाउको !’
जवाफमा प्रधानमन्त्री बोले, ‘देशले रगत मागे मलाई बलि चढाउनु, रूँदिनन् मेरी आमा हुन् कुमाईकी छोरी !’

सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले अल्टिमेटम प्रश्तुत गरेका थिए ।

20160727_115201

प्रधानमन्त्रीलाई बुझाएको अल्टिमेटम पत्रमा भनिएको छ, ‘बिदेशी प्रभुका अगाडी लम्पसारपनि नपर्ने, स्वदेशी प्रभुलाई ज्यु हजुरीपनि नगर्ने, मित्ररष्ट्रको एउटा मागपनि पूरा नगर्ने, भित्ररास्ट्रको बाहेक कुरै नगर्ने, ठाड्ठाडै बोल्ने, मनको कुरो सप्पै खोल्ने, कुर्सी जाँदापनि मुसुक्क हाँस्ने, धम्की खाँदापनी निर्धक्क बाँच्ने, ‘बालुवाटार’मा बसेरपनि ‘पालुवा बहार’को सपना बाँड्ने तपाईं केपि शर्मा ओलीलाई प्रधानमन्त्री क्वाटर छोड्न सातदिनको अल्टिमेटम दिईन्छ ।’ जवाफमा प्रधानमन्त्री ओली स्टाईलमा मुस्कुराएका थिए ।

बालुवाटार बाहिर दुईजनाको संख्यामा उपस्थित पत्रकारहरुको विशाल  भिंडलाई सम्बोधन गर्दै सिस्नुपानी प्रवक्ता गनोज मजुरेलले भने, ‘हामीहरु ओली पुराण सुन्न र गजुरियल विश्लेषण सुनाउन आएको नभएर ‘बालकोट फर्कँदा प्रधानमन्त्री कार्यलय वा निवासका कुनैपनी सरकारी सामान नीजि बनाएर नल्याउनु भन्ने शन्देश दिन आएका थियौं  !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com