प्रचण्डलाई केजरीवालको बधाई : ‘दालमें कुछ काला है !’ (Viaudio सहित )

प्रकाशित मिति: २० श्रावण २०७३, बिहीबार १९:५८

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अनौठो बधाई दिएकाछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेको २४ घण्टापछि केजरीवालले प्रचण्डलाई हटलाईनमा भने, ‘दालमें कुछ काला है ।’

 

नीजि सचिवालयका अनुसार, शुरुमा केजरीवालको फोनलाई कसैको ठट्टा ठानियो । +९१–११ कोडबाट लगातार रिङ् बजेपछि प्रधानमन्त्री स्वयम्ले ‘मने, हेलो’ भनेका थिए । प्रत्यूत्तरमा लामो ‘लहरे खोकी’ सुनिएपछि फोन गर्ने मान्छे केजरीवाल नै रहेको पुष्टी भएको थियो ।

 

प्राप्त फोन रेकर्ड अनुसार, प्रचण्ड–केजरीवालबिच एकछिन ठट्टा चलेको थियो । केजरीवालको खोकीलाई संबोधन गर्दै प्रचण्डले ‘भिक्स कि चक्की लोक, खिचखिच दुर करो’ भनेका थिए । जवाफमा केजरीवालले ‘मोदीगार्ड मत लगाओ–घरको खतरे से जोगाओ’ भनेर खोक्दै हाँसेका थिए ।

 

नेटवर्क समस्याका कारण केही बेर दुईबिच असझदारी उत्पन्न भएको थियो । शुरुमा ‘केजरीवाल’लाई प्रधानमन्त्रीले ‘कटुवाल’ भन्ने सुनेर झसंग भएका थिए । ‘दाहालमें कुछ कला है’ भन्ने केजरीवालको तारिफलाई प्रधानमन्त्रीले ‘दालमें कुछ कुछ काला है’ भन्ने बुझेको सुनिन्छ । जवाफमा प्रधानमन्त्री भन्छन्, ‘मने कोही बात नही है, काला दाल हटाकर मुसुरो दाल बनाएंगे ।’

 

केन्द्र सरकारसंग सुमधुर संबन्ध नभएका ‘आम आद्मी पार्टी’का अध्यक्ष केजरीवालले मोदीको बारेमा सोध्नासाथ सम्पर्क बिच्छेद भएको सुनिन्छ  ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com