ए फुलमाला किन्न, छिन्न र भिन्न । भन भन भाई हो, भारततिर धाइयो ।

प्रकाशित मिति: १२ कार्तिक २०७३, शुक्रबार ११:४६

gada-ful-5
ए केराको थम्बा, चारभाई जम्मा । ए आन्दोलन बन्द, नदिए चन्दा ।
ए धम्कीको धन्दा, त्रासको गन्ध । ए छर्दै र छोड्दै, आएका हामी ।
ए यहाँमात्र होईन, सारा संसार । ए ठेकेदारदेखि, एयरपोर्ट भंसार ।
ए चिहाउनु पर्छ, भ्याउनु पर्छ ।ए भन भन भाई हो, देउ छिटो ।
ए जोडले भन, देउ छिटो । तोडले भन, देउ छिटो ।

ऐ, खाल्डे बाटो, लड्दै पड्दै । ए गल्लीमा पस्दै, खाल्टामा खस्दै ।
ए फोहोर सुंङ्दै । पोलमा ठुङ्दै । ए भित्ता छाम्दै, थर्थर काम्दै ।
ए धुलो धुवां खांदै, नर्कलोक जांदै । ए मिसावट खांदै, हस्पिटल जांदै ।
ए महंगीले थिच्दै, तालुमा मिच्दै । ए लोडसेडिंग खप्दै, समस्या थप्दै ।
ए देशी रिण फंस्दै, धितोमा बस्दै । ए देउसिरे भन्दै, नांच्दै आयौं ।
ए नक्कली हांसो, हांस्दै आयौं । आधा आधा बांच्दै आयौं ।

ए झिलीमिली झिल्ला, रातो पासपोर्ट मिल्ला । ए रातो पासपोर्ट बेचेर, रक्सी पिउँला टिल्ल ।
ए कुटनैतिक भिषा, दुईचार जना मिसा । ए दश–दश लाख उठा, पैसाका मुठा ।
ए एयरपोर्टमा घुसा, कमिसनका मुसा । ए अमेरिका लैजा, छोडेर आईज ।
ए युरोपमा छिरा, पन्ध्रलाख तिरा । ए भिआइपी बन, कमाउंदै धन ।
ए रोज रोज भाई हो, राम्ररी रोज । ए बिदेश लगी छोड्ने, मन्त्रीलाई खोज ।

ए, सयपत्री फुल, किन्नलाई डुल । ए एउटाको हजार, महंगो भो बजार ।
ए बांझो छ वारी, फुल किन्ने पारी । ए मखमली माला, पैसा पारी जाला ।
ए निधारमा टीका, कलर छ फिका । ए नक्कली माल, ठगिने चाल ।
ए फुलमाला किन्न, छिन्न र भिन्न । भन भन भाई हो, भारततिर धाइयो ।

WhatsFapp Mod APK 2023

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com