धुर्मुसलाई सिध्याउने उपायको खोजीमा…..

प्रकाशित मिति: ८ चैत्र २०७४, बिहीबार १७:३७

‘धुमुर्स उमेर र नाताले भाइ हुन्, कला र कर्मले साथी हुन्, योगदान र सेवाले अग्रज हुन् ।’ यसो भन्दा मलाई गर्व लाग्छ । धुर्मुस सुन्तलीको जोडीले चार वटा बस्तिको सफल निर्माण र हस्तान्तरण गरि सकेको छ । अब महत्वकांक्षी परियोजना नमूना नेपालको तयारीमा छन् । १० बर्ष अगाडी ‘२०७५ सालको नेपाल’ नामको एउटा भिडियो बनाएको थिएँ । १० बर्षपछि यो जोडीले  त्यो सपनाको संबोधन हुने खालको ‘नमुना नेपाल’को योजना ल्याएपछि मलाई लाग्यो, हाम्रा सपनाहरु पुरा गर्न राम्रा मान्छेहरु अवस्य जन्मिंदा रहेछन् !

परियोजना महत्वकांक्षी छ । आफ्ना योजना जसरी पनि पुरा गर्ने स्वभाव छ उनको । देशमा कृयाशिल राम्रा संस्थाहरु र असल मान्छेहरु यो अभियानमा जोड्ने र जोडिने क्रम जारी छ । त्यही अन्र्तगत आज घनिभूत छलफल भयो, बरिष्ठ पत्रकार गुणराज लुईंटेल र उत्तम सञ्जेलसँग । उत्तम उनै सञ्जेल हुन्, जो १०० रुपैंयामा नर्सरी देखी नर्ससम्म बिद्यार्थीहरु पढाएर सरल शिक्षामा सहज क्रान्ती गरिरहेका छन् ।

यी सकारात्मक सोच भएका मान्छेहरुसंग धेरै गंभीर कुरा भए । अन्त्यमा स्वभावगत हिसाबले केही ख्याल ठट्टा पनि चल्यो । गुणराज दाईले भने: ‘धुर्मुस- सुन्तलीको जोडी जनताबिचमा यति लोकप्रिय भयो कि कसैले चाहेर पनि सिध्याउन सक्दैन ।’ धुमुर्सले अप्ठेरो मान्दै भने, ‘त्यसो त हैन  है ।’  मैले थपें, ‘एउटा उपाय छ धुर्मुसलाई सिध्याउने !’  उत्तम दाईले सोधे: ‘के उपाय छ ?’  मैंले भने: ‘सिधै मन्त्री बनाई दिने !!  मन्त्री बनेपनि केही गर्न दिंदैन बिग्रिएको ब्युरोक्रेसीले –  अनि सिद्धिएनन् त !’  धुर्मुसले हाँस्दै भने: ‘नमुना नेपाल नबनेसम्म दाँयाबाँया सोच्ने फुसर्द नै छैन ।’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com