नेपालमा आविस्कार भएको बहुउपयोगी ‘लाईचम्चा’

प्रकाशित मिति: १३ चैत्र २०७४, मंगलवार ०९:४२

मुगलिङ् – काठमाण्डौ सडक खण्डको धादिंङ् मा अचम्मको चम्चा भेटिएको छ । चम्चाको  बिंडमा लाईटर जडित उक्त चम्चा सोही होटलका साहुले आविस्कार गरेको हुन् । लामो समय स्वदेश तथा बिदेशका होटल, रेष्टुरेन्ट र चिया पसलहरुमा काम गरि सकेका उनि भन्छन्, ‘नेपालका चुरोट प्रेमीहरुलाई लक्षित गरेर यस्तो प्रबिधिको बिकास गरेको हो ।’

उनले यसलाई ‘लाईचम्चा’ नाम दिएका छन् । लामो अनुसन्धानबाट उनले के पत्ता लगाए भने
बर्षभरीमा नेपालका होटल तथा रेष्टुरेन्टबाट १० लाख चम्चा, पाँच लाख लाईटर र छ लाख सलाई हराउँदा रहेछन् । चुरोट सल्काउने नाममा, कान कोट्याउने नाममा र चिनि थप्ने नाममा कसैले जानेर, कसैले झुक्किएर तथा केहीले पेशाकै रुपमा सलाई, चम्चा र लाईटर खल्तीमा हालेर हिंड्दा रहेछन् ।

यो प्रबिधिको बिकासपछि चम्चा चोरले लाईटर देखपछि खल्ती जल्न सक्ने डरले नलाने तथा लाईटर लानेले पनि खल्ती प्वाल पार्ने डरले चम्चा नलैजाने उनको दावी छ । उनको रेष्टुरेन्टमा लस्सी खान आउने गोराहरुले यस ‘लाईचम्चा’को फोटो खिचेर पनि लाने गर्दछन् । एक अमेरिकनले उनको आविस्कारलाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा’ राख्ने आश्वासन दिएको उनले बताए ।

सांच्ची, बिदेशतिर यस्तो लाईचम्चाको आवस्यकता हुन्छ कि हुन्न होला ?

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com