जब फेसबुक चलाउँदै वासरुम पसेका दाजुको मोवाईल कमोडमा खस्यो…

प्रकाशित मिति: २४ चैत्र २०७४, शनिबार ०३:३३

‘आज स—परिवार पोखरा घुम्न गईंदैछ’ भनेर स्टाटस अपडेट गरेको साँझ साथीको घरमा चोर पस्यो ।
‘ओहो, कस्तो ट्रफिक जाम †’ भन्ने पोष्ट गर्ने अर्को साथी पोष्टस्थलबाट सोझै अस्पताल पुग्यो । चल्ती गाडीको छतमा बसेर ‘फेसबुक लाईभ’ गर्ने दाइको भोलीपल्ट समवेदना छापियो । धम्कीपूर्ण कमेन्ट लेख्ने भाइको पर्सिपल्टै जाकियो । अर्काकी पत्नीको फोटोमा अश्लिल कमेन्ट गर्ने दिने बहिनीको अर्को दिन जगल्टा लुछियो ।

फेसबुक चलाउंदै ट्वाइलेट पसेकी भाउजुको मोबाइल ‘कमोड’मा खस्यो । खाना पकाउंदै च्याट गरिरहेकी बुहारीको कुर्तामा आगोमा सल्कियो । बाह्रघण्टा अनलाईन बस्ने भतिजीको अर्को साता आँखाको अपरेसन हुंदैछ । चौबिसघण्टा नेटमा बस्ने भतिजको औंलाको पन्ध्र दिनपछि एक्सरे गरिंदैछ । ‘क्याण्डी क्रस रिक्वेस्ट’ पठाइ रहने बैनीलाई अस्तीबाट माइग्रेनले समातेको छ ।

‘प्यारो छोरा, तिमीसँग खेल्न नपाएर बैनी ज्यादै निस्ताएकी छे । तिम्रो मम्मी पनि तिमीलाई भेट्न आतुर छिन् । मसँग कुराकानी नभएकोपनि हप्तादिन भइसक्यो । दश मिनेट फेसबुक बन्द गरेर पाँच मिनेटकालागि तल आउ छोरा †’ नेटप्रेमी छोरालाई संबोधन गर्दै बाबुले यस्तो पोष्ट राख्नु पर्ने स्थिति छ ।
श्रीमान् श्रीमतीबिच बोलचालको साटो च्याटबाटमात्रै कुराकानी हुन थाल्यो भने के होला ? एक पटक ‘न्जबच पबजष्भि बबगलभ रु’ भनेर टाइप गर्दा ‘च्’ को ठाउँमा त् टाईप हुइ गई न्जबत प्बजष्भि ब्गलभ रु भएछ । त्यसपछि ‘ए, मलाई ज्यूंदै घाट पुऱ्याउन खोज्नै ?’ भन्दै झण्डै परिवारमा आगो सल्कियो ।

हामी धेरैलाई फेसबुक प्रयोग गर्ने सही तरिका थाहै छैन । कस्तो स्टाटसमा कमेन्ट गर्ने ? कस्तौ पिक्चरमा लाइक हाल्ने ? कसलाई पोक गर्ने ? कस्तो अवस्थामा फलो गर्ने, केण्डी क्रस रिक्वेस्ट कसलाई पठाउने ?
कस्तो लेख्ने, के नलेख्ने ? कति चलाउने ? कहिले चलाउने ? को आफ्नो ? को पराया? लाइक के मा ? डिस्लाइक केमा ? जस्ता कुरा फेसबुक सिकाऐ छैन ।

डियर जुकरबर्गले नियम नबनाउन्जेल, देशहरुले फेसबुके कानुन नबनाउन्जेल फेसबुक सञ्चालनकालागी अन्तरिम सञ्चालन नियमावली यस प्रकार तयार पारिएको छ:-

क. आफु कहाँ छ, के गर्दैछु भन्नै कुरा फेसबुकमा अपडेट गर्दा त्यसबाट आउन सक्ने खतरालाई मध्य नजर राख्नु फेसबुक प्रयोगकर्ताको पहिलो कर्तब्य हो ।

ख.चल्ती गाडी, ब्यस्त बजार, इमरजेन्सी एरियामा फेसबुक चलाउँदा दुर्घटना हुनसक्ने हुँदा त्यसतिर ध्यान दिन जरुरी छ । ‘आज मेरा पिताजीको देहवासन’ वा ‘बहुत पिंडित छु’जस्तो स्टाटसमा ‘लाइक’ बटम ठोक्नाले गलत अर्थ लाग्दछ । अरुको पिंडामा रमाउने मानिसको रुपमा दर्ज नहुने हो भने यतातिर ध्यान दिनै पर्छ ।

 ग. आफ्ना आन्तरिक र अति गोप्य सुचनाहरु फेसबुक भित्तामा टाँस्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु हो । यसो गर्नु भनेको आत्मघाती गोल गर्नु जस्तै हुन्छ । कमेन्ट गर्दा सभ्य भाषा छैन भने अर्कोले पनि त्यस्तै भाषा प्रयोग गर्छ ।

घ.कुरो भाषै भाषामा गाली गौलज र धाकधम्की सम्म पुग्न सक्छ । धाक धम्की बढ्दै गए ब्यक्तिगत दुस्मनी बढ्दै गएर सपरिवार फेसबुक पिडित हुनसक्छ । फेसबुक युगले एक दशक पार गरेपछि यसको सञ्चालन नियमावली बन्ने छाँटकाँट नभएकाले फेसबुक खातावाल स्वयम्ले आत्म नियम बनाउनु उपत्तयुक्त हुन्छ । सबैको मंगल होस् । -JUST FOR FUN

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com