मन्त्रीहरुलाई साना लाग्ने जनताका ठूला समस्याहरु

प्रकाशित मिति: २९ चैत्र २०७४, बिहीबार १७:२५

–‘हाईवे’ छेउछाउका ‘हुटेल’हरुले बासीभात बेचेर ग्राहकमाथी अत्याचार गर्नु भ्रष्टाचार हो कि हैन ?
–घुन, चिल्सा र किरा परेको चामल उसिनेर ‘फुल खाना’को रु. १५० र दुई चोक्टा कुख्राको मासुलाई ५० रुपैंया लुँड्याउनहरुमाथी ‘बाणिज्य बिभाग’को आँखा कैले पुग्ला ? ति –‘हुटेल’हरुमा काम गर्ने मजदुरका काम गर्दा गर्दा फुटेका हातखुट्टाको र नपाएको तलब दिलाईदिने दायीत्व कुन बिभागको हो ?

 

–ट्याक्सीको मिटरलाई चर्खाको स्पिडमा घुमाएर यात्रुको ढाड सेकाउनेलाई छापा मार्ने कसले ? बिहे भोजमा हिडेको मान्छे, ट्याक्सीको मिटर देखेर अस्पताल पुगेको बेला कारवाही गर्ने कसले ?

 

–ट्याक्सी, रिक्सा, ठेला र भरिया मजदुरहरुलाई मान्छेमन्दा तल्लो स्तरको ब्यवाहार गर्ने ट्राफिक, प्रहरी र नगर प्रहरीलाई आचार सुधार गर्ने गराउने दायीत्व कस्को हो ?

 

–‘शुद्ध खसीको सेकुवा’ भनेर ‘बृद्ध बकरीको भुटुवा’ बेच्ने तथा ‘बफ मम’को नाममा ‘भैंसी हत्या’ गर्नेलाई टुंगामा राख्ने काम कसको हो ?

 

–खाली जग्गा देख्यो कि ‘सशुल्क: पार्किङ्’को बोर्ड झुण्ड्याई हाल्ने तथा गाडी देख्यो कि पैसा उठाउन आइहाल्ने कुण्डले, मण्डले र जगल्टेहरुलाई मामाघर लैजाने जिम्मेवारी कसको हो ?

 

–‘बुकसप’हरुसँग पार्टनरसिपमा ब्यापार गर्ने स्कूलहरु तथा ‘टेलर्स’हरुसंग कमिसन लिएर ‘गार्जेन’ सेक्ने ‘कलेज’हरुलाई नैतिकताको ‘नलेज’ सिकाउने अंग कुन हो ?

 

–‘लोकल कल’को पाँच रुपिंया उठाउने तथा ‘इन्टरनेट कल’मा दोब्बर ठटाउने ‘कल सेन्टर’हरुबाट सर्ब साधारण ठगिएको कुरो बाणिज्य बिभागलाई थाहा होला कि नहोला ?

 

–‘मुसा नाँच्ने’ कोठाको तिनहजार लिने तथा ‘महंगो भयो नि’ भन्दा ‘तिन हजारको कोठामा मुसा ननाँचेर रेखा थापा नाँच्छे त’ भनेर जवाफ दिने घरबेटीहरुसँग बाणिज्य बिभागले कहिले दर्शन भेट गर्ने होला ?

 

–महिनौंदेखि पानीको साटो हावामात्र पठाउने तर प्रत्येक महिनाको शुरुवातमै बिल पठाउने, तथा हावाको पैसा नतिरे मिटर नै उठाउने खानीपानी उपभोक्ता समितिलाई कुन मितिसम्ममा सचेत गराईएला ?

 

–बर्षको आधा समय बत्ति नदिने तर ‘मिनिमम चार्ज’ ठटाएरै छाड्ने तथा बत्ति बिना केवल नआउने अनि केबलबिना टिभी हेर्न नपाईने तर टिभीबिना पनि पैसा असुलेरै छाड्ने ‘प्राधिकरण’ र केबुलवालाबिचको नाजायज संबन्ध कसले खुट्याउने ?

 

–गाडीमा ‘फुल भाडा’ लिएर ‘स्टूल’मा बसाउने तथा आपक्ती गरे मारमुङ्ग्री गर्न आइपुग्ने ‘दल बहादुर’हरु दबदबालाई दनक दिने काम कसले गर्ने ?

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com