‘अब जन्म कुण्डली हैन, फेसबुकबाटै थाहा हुन्छ भूत, भविस्य र वर्तमान !’ फेसबुक अष्ट्रोलोजर डा. जनोम लरेजुग

‘फेसबुक स्टाटस’ मानिसको सामाजिक संबन्धलाई मात्र उजागर गर्दैन, मान्छेको मानसिक द्वन्दलाई पनि प्रष्ट पार्दछ । ‘ह्वाट् इज इन योर माइन्ड ?’ को जवाफ दिई रहंदा तपाईं आफ्नो मनको कुरामात्र ‘अपडेट’ गरिरहनु भएको हुन्न, आफ्नो बानी र ब्यहोरापनि सार्बजानिक गरिरहनु भएको हुन्छ । कहिले काही ‘पोष्ट’ गर्ने सुन्दर तस्विरले मात्र हाम्रो भावना सुन्दर देखिंदैन, दैनिक ‘अपडेट’ गर्ने ‘स्टाटस’ले पनि कस्तो छौं भन्ने कुराको निर्धारण गर्दछ ।

केही बर्षअघिसम्म बिहे गर्ने बेलामा केटाकेटीको टिपन मिलाउने गरिन्थ्यो तर आजकाल फेसबुक मिलाए पुग्छ । तपाईंले बिहे गर्ने केटीको आनी, बानी, रुची, स्वभाव कस्तो छ भन्ने कुरा उसको फेसबुक प्रोफाईल ‘भिजिट’ गरे पुग्छ । तपाईंको संभावित पतिको बिचार, संपर्क र संबन्ध कस्तो छ, उसको ‘लाईक’, ‘कमेन्ट’, ‘फ्रिक्वोइन्ट भिजिटर’को लिष्ट हेरे पुग्छ ।

फेसबुक अरुका लागि सामाजिक सञ्जाल हो तर प्रयोगकर्ता स्वयम्कालागि आन्तरिक पहिचान हो । कस्ता भिडियोहरु ‘लाईक’ गर्नु हुन्छ, कुन वेल ‘शेयर’ गर्नुहुन्छ, कस्ता साथीहरुलाई ‘इन्भाईट’ र ‘सजेष्ट’ गर्नुहुन्छ, त्यसैका आधारमा अरुले हाम्रो पहिचान गर्दछन् । अब फेसबुक तपाईंको ब्यक्तिगत पुस्तिकामात्र रहेन, तपाईंको सानो शन्देशले ठूलो परिवर्तन गर्न सक्छ । मेरो ठुलो प्रश्तुतीले पनि केही नगर्न सक्छ । सञ्जालमा जोडिएपछि यो मेरो नीजि मामला हो भनेर फेसबकुमा अराजक हुनुहुन्न ।

अहिले धेरै सर्वसाधारण फेसबुकमा पहुँच राख्दछन् । यसले तोडिएका सम्बन्धलाई जोड्ने र जोडिएका संबन्धलाई तोडिने अवस्थामा पनि पुऱ्याएको छ । सञ्जाल भनेकै जोड्ने हो । जोड्ने माध्यामको प्रयोग गरेर सम्बन्धहरु तोड्ने खाले कमेन्टस् र स्टाटस लेख्नु हुन्न । मनले सोचेका र मष्तिष्कले अह्राएका सबै कुरा फेसबुकमा छरपष्ट पार्नु वेवकुफी हो । मन र फेसबुकको बिचमा एउटा विवेक भन्ने ‘बटम’पनि छ, त्यसलाई पनि प्रयोग गर्नुपर्छ ।

आज मान्छे अशान्त, अधैर्य, आक्रोशित, निराश र उत्तेजित छ भन्ने कुरा फेसबुक स्टाटस्लाई त्यसमा देखिने कमेन्टबाट थाहा हुन्छ । रिस र आवेगमा लेखिएका स्टाटसहरुमा लाईक र कमेन्टको बाढी अउँछ । घृणा र द्धेश फैलाउने बिषयहरु सबैभन्दा बढि शेयर हुन्छन् । तिरस्कार र अपराधका ‘पोष्ट’हरु सबैभन्दा बढि ‘भाईरल’ भएको देखिन्छन् ।

हाम्रो ‘स्टाटस’ हौसला उन्मुख हुनुपर्छ । अरुको स्टाटसमाथीको प्रतिकृया सिर्जनात्मक रहनु पर्दछ । जिवन उपयगी ‘लिंक’मात्र शेयर हुनु पर्दछ । सुन्दर ‘पिक्चर’ शेयर गर्नुृ पर्दछ । सामाजोपयोगी भिडियोमात्र भाईरल बनाउनु पर्दछ । नराम्रा बिचारमा राम्रा प्रतिकृया राख्नु पर्दछ । असल साथीमात्र ‘एसेप्ट’ गर्नु पर्दछ । समय मिलाएरमात्र फेसबुक चलाउनु पर्दछ ।

इन्टरनेट एउटा महासागर हो । यहाँ मैले सोचेजस्तो सदुपयोग नै हुन्छ भन्ने छैन । तपाईले चाहेजस्तोमात्र चल्छ भन्ने हैन । संसारमा मानिसको जति संख्या छ, त्यती नै सोच र बिचार छन् । ति सबैलाई मैले भनेझैं बनाउन असम्भव छ तर तपाईंको फेसबुक आइडी तपाईंको नियन्त्रणमा छ । त्यसलाई तपाईंले समाजपायोगी हिसाबले चलाउन सक्नु भयो भने समाजप्रतिको तपाईंको योगदान यही हुनेछ ।

कैलेकाहीं लाग्न सक्छ, संसार फेसबुकमा छरपष्ट छ । सामाजिक सञ्जालहरु मानिसको मनोदशालाई बजारमा छ्यालब्याल पारि रहेकाछन् । म एउटाले यसको सदुपयोग गरेर के नै हुन्छ र ?

 

यसको जवाफमा यो मैले सुनेको एउटा नीतिकथा तपाईलाई सुनाएर आजको गजुरीयल बिश्लेषण समाप्त गर्छु । कुनै बिशाल समुद्रमा ठूलो आँधी आयो । आँधिले लाखौं माछाहरुलाई किनारासम्म पुऱ्याएको थियो । आँधी थामिएपछि किनारामा माछाहरु पानी बिना तड्पिई रहेका थिए त्यही ठाउँमा एउटा सानो बालक एक–एक माछालाई समुन्द्रमा फाल्दै थियो । एकजना साधु त्यहा– पुगे र अचम्म मान्दै सोधे., ‘बाबु, लाखौं माछा छटपटाई रहेका छन् । तिमिले एक दुई वटालाई बचाएर के फरक पर्छ र ।’ बालकले एउटा मान्छालाई समुन्द्रमा फाल्दै साधुलाई भन्यो, ‘सबैलाई फरक नपरेपनि यसलाई त फरक पऱ्यो नि ।’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com