रविले गर्ने- ‘सिधा कुरा मोदीसँग’ ! यदि यो समाचार सत्य हो भने…

प्रकाशित मिति: १४ बैशाख २०७५, शुक्रबार ०८:२७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेश्रो पटक नेपालको भ्रमणमा आउँदैछन् । बिगतका भ्रमणहरु सरकारीमात्र भएकाले जनतामा प्रभाव छोड्न नसकेको उहाँको बुझाई छ । यस पटकको भ्रमणमा भने जनस्तरमा रहेको भारत बिरोधी भावनालाई कम गर्ने प्रधानमन्त्री मोदीको प्रयास हुनेछ । यसकालागि भ्रमणलाई जतिसक्दो जनता केन्द्रीत बनाउन भारतीय राजदुतलाई निर्देशन दिईएको छ ।

आगामी मे ११ देखि हुने प्रधानमन्त्री मोदीको नेपाल भ्रमण तालिका निम्न अनुसार रहेको छ :- 

१. पशुपतिमा क्षमा पुजा गर्ने

भारतमा लोकप्रिय रहेको आफ्नो छबिलाई नेपालमा भने नाकाबन्दीले त्यतिकै अलोकप्रिय बनाएको प्रधानमन्त्री मोदीको बुझाई छ । बिश्वभरी गएको यो गलत शन्देशबाट उन्मुक्तिका लागि प्रधानमन्त्री मोदीले पशुपतिनाथमा क्षमा पुजा गर्नेछन् । भगवान पशुपतिनाथका अनन्य भक्त मोदीजीको यस भ्रमणको मुख्य एजेण्डा नै यही  रहेको छ ।

२.खुफिया एजेन्सीलाई कोर्स करेक्सनको आदेश दिने

प्रधानमन्त्रीले नेपालमा रहेका भारतीय खुफिया एजेन्सीका कर्मचारीको गोप्य सम्मेलनलाई संबोधन गर्नेछन् । यी कर्मचारीको गलत सुचनाका कारण बिगतमा आफुले ठूलो क्षती व्यहोर्नु परेको प्रधानमन्त्रीको बुझाई छ । कार्यक्रममा प्रधानमत्रीले खुफिया कर्मचारीहरुलाई दुई देशबिच फाटो ल्याउने कुनै गतिबिधि नर्गन कडा निर्देशन दिनेछन् ।

 

३. दिवंगत गोर्खा सैनिक परिवारसँग भेट गर्ने

भारतको सिमा रक्षाका लागि आफ्नो ज्यान दिने गोर्खा सैनिकका परिवासँग भेटघाट गर्ने कार्यक्रम छ । कारगिल लगायतका युद्धमा मारिएका गोर्खा सिपाहींलाई सम्मान गर्ने हेतुले मोदीकै बिषेश पहलमा यो कार्यक्रम राखिएको हो । प्रधानमन्त्रीले भारतीय गोर्खा सिपाहीलाई पनि भारतीय सैनिक बराबर तलब र सुबिधाको बिषेश घोषणा पनि गर्नेछन् ।

४. माने भन्ज्याङ र सुस्ता -टनकपुर जाने

पूर्वको माने भञ्ज्याध्र् र पश्चिमको सुस्ता टनकपुर जाने कार्यक्रम पनि रहेको छ । त्यहाा भारतीय पक्षबाट बेलाबेलामा हुने सिमा मिचाई तथा कुटपिटका घटनाहरु पूर्ण रुपमा बन्द गराउने तथा पीडित परिवारसँग अन्तरंग गर्नेछन् । ‘यसका लागि दुताबासले कैलास एयरको हेलिकप्टर मेची कालीका लागि बुक गरिसकेको छ ।’ समाचारको पुष्ट गर्दै कैलास एयरका सिईओ ईश्वरी पौडेलले भनेका छन् ।

५ . चिनियाँ र नेपाली प्रतिनिधि लिएर रारा जाने

केपी शर्मा ओलीको रारा संबोधनलाई नजिकबाट नियालेका प्रधानमन्त्री मोदी पनि रारा जानेछन् । समकक्षी केपी शर्मा ओली र चिनियाा राजदुत सहितको टोलीले रारामा एक त्रिपक्षिय संझौतामा हस्ताक्षर गर्नेछ । नेपालको आन्तरिक मामलामा दुबै देशले हस्तक्षेप नगर्ने र नेपालले पनि आफ्नो देशमा चिन र भारत बिरोधी गतिबिधिलाई निस्तेज पार्ने कसम उनिहरुले खानेछन् ।

 

६ . कन्याम र बर्ने चिया कमानको भ्रमण गर्ने

आफुलाई ‘चायवालाको बेटा’ भन्न रुचाउने प्रधानमन्त्री मोदीले नेपालका केही चिया कमानहरु घुम्ने कार्यक्रम रहेको छ । ईलामका कल्याम, झापाको बर्ने तथा सिन्धुपाल्चोकको भोटेचौरका बगानमा पुग्ने कार्यक्रम तय भएको छ । यो कुराको पुष्टी नेपाल छिया तथा कपिबोर्डले जनाएको छ ।

७. रवि लामिछानेको कार्यक्रममा प्रत्यक्ष सहभागी हुने

भारतमा लोकप्रिय कार्यक्रम ‘मनकी बात’मा प्रधानमन्त्रीले जनताको कडवा प्रश्नको सिधा उत्तर दिने गर्दछन् । नेपाल भ्रमणका क्रममा मोदीले न्यूज ट्वान्टी फोरको कार्यक्रम ‘सिधा कुरा जनतासँग’मा सहभागी हुने ईच्छा व्यक्त गरेकाछन् । हक्कि पत्रकार रवि लामिछानेद्धारा सञ्चालिन यो कार्यक्रममा प्रधानमन्त्री मोदीले नेपाली जनताका बड्का प्रश्नको छोड्का उत्तर दिनेछन् ।

. नेपाली कलाकारसँग बिशेष भेटघाट गर्ने

कला साहित्यमा ठूलो रुची राख्ने प्रधानमन्त्रीले नेपाली कला क्षेत्रका बिशिष्ठ व्यक्तिसँग रात्री भोज गर्ने कार्यक्रम पनि रहेको छ । इण्डियन कल्चर सेन्टरमा हुने उक्त कार्यक्रममा सीमित नेपाली कलाकारलाई निमन्त्रणा दिईएको छ । प्रधानमन्त्री मोदीको साथमा कपिल शर्मा, सलमान खान, अक्षय कुमार पनि आउने भएकाछन् । आफ्नो नक्कल गर्ने हास्यव्यंग्यकार मनोज गजुरेललाई जसरी पनि भेट गर्ने मोदीको इच्छा छ ।

-माथीका संपुर्ण समचारको पुष्टी गर्दै भारतीय दुताबासका प्रवक्ताले गजुरीयल डटकमलाई केही पनि भनेका छैनन्, यो हाम्रो काल्पनिक अपेक्षा मात्र हो 🙂

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com