काठमाण्डौको दुधमा कोलिफर्म ! -‘मान्छेलाई हैन, सर्प र नेतालाईमात्र खुवाउन मिल्छ ।’ -जनस्वास्थ्य बिषेशज्ञहरु

प्रकाशित मिति: ११ असार २०७५, सोमबार ०५:०९

धमिलो पानीमा सेतो पर्दाथ मिसाएर ‘दुध’ भन्दै बेचिने प्लाष्टिकका पोकामा अलौकिक जिवाणु फेला परेको छ । गोबरमहलस्थि खाद्य प्रबिधि प्रयोगशालाका बैज्ञानिकहरुका अनुसार, ‘कोलीफर्म’ नामको यो जिवाणु मानिसको पेटमा पस्नासाथ भुँडीले गाना गाउने र आन्द्राहरु नाँच्न थाल्दछन् । केही समयपछि मानिस सोझै यमलोक पुग्छ ।


कृषिमन्त्री चक्रपाणी खनालका अनुसार, सरकारकै माताहतको दुग्ध बिकास संस्थानसहित् ३३ ब्राण्डका ‘सेतो पानीका पोकाहरु’मा यो जिवाणु फेला परेको छ । यसलाई धेरैभन्दा धेरै जनतासम्म पुऱ्याउन सकेमा ‘स्वाश्थ्य नेपाली २०७५’को सरकारी लक्ष चाँडै पुरा हुने अनबिज्ञहरुको तर्क छ ।

उता ‘पोका उत्पादक संघ’का अनुसार यो अलौकिक दुधलाई अन्तराष्ट्रिय बजारमा निर्यात गर्नुपर्छ । यसकालागि विश्व स्वाश्थ्य संगठनलाई पोकाको नमुना पठाई सकिएको छ । उनिहरुको अपेक्षा छ, चांडै आफ्नो उत्पादनलले ‘डिभाइन मिल्क’का नाममा बिश्व बजार कब्जा गर्नेछ । यसका लागि उनिहरुले मन्त्री, कर्मचारी, दलाल र पावर ब्रोकरसँग लाईन मिलाउन प्रयास जारी राखेका छन् । यो समाचार पढेपछि एक पाठकले भनेछन्,  ‘नापिस् !!’

तर विज्ञहरुको तर्क अर्कै छ । तर, जनस्वाश्थ्य बिषेशज्ञ डा.रवीन्द्र समीरका अनुसार, यस्तो दुध नेता र सर्पलाईमात्र खुवाउन मिल्छ ! ‘यो दुध देउतालाई चढाउदा ३३ किलो सुन बराबरको पाप लाग्छ ।’ डाक्टर ज्योतिष रामहरी शाष्त्री भन्छन् । ‘आज बिहान गणेशजीलाई चढाएको, उहाँले त उगेलेर फालिदिनु भयो,  मेरो जिउ अझै गन्हाई रहेको छ ।’ काठमाण्डौ गणेशथानका एक भक्तले अनुभव सुनाए ।

तर उत्पादक कम्पनीका मालिकहरु भने आफ्नो दुध अलौलिक हुने कुरामा ढुक्क छन् । आधुनिक डेरी बालाजु, गल्फु विनायक डेरी काभ्रे, आकृति दुग्ध तथा कृषि बालकोट, जयश्री डेरी काभ्रे, भक्तपुर डेरी, भक्तपुर, चौधरी डेलिसियस मिल्क एण्ड वेभरेज, हिमालयन डेरी लगनखेल, दुग्ध विकास संस्थान, जगदम्बा डेरी भक्तपुर, एचडी मिल्क एण्ड वेभरेज, कालिका डेरी भक्तपुर, कान्तिपुर फ्रेस मिल्क, नवप्रभात डेरी गोदावरी, नेपाल डेरी धापाखेल, कन्ट्री फुड प्रालि भक्तपुर, राजधानी डेरी काठमाडौं, सुजल डेरी थानकोट, सञ्जीवनी डाइटी उद्योग भक्तपुर, शिवम् डेरी भक्तपुर, र संयुक्त डेरी पाटन , सीताराम डेरी कीर्तिपुर, हिमालयन डेरी प्रोडक्ट लगनखेल, तुलसा डेरी प्रालि काठमाडौंले संयुक्त वक्तब्य निकाल्दै भनेकाछन्, ‘अहिलेसम्म दुधको पैसामात्र लिएका थियौं, अबदेखी उपभोक्ताले दुधमा भेटिएको कोलिफर्मको रकमपनि तिर्नुपर्छ ।’ अगाडी भनिएको छ, ‘हाम्रो दुध मान्छेले नलिए सिंहदरबारमा नेतालाई बेच्छौं ।’

स्मरण रहोस्, अहिले सिंहदरबारमा दुधले नुहाउन चाहनेहरुको ठूलो भिंड रहेको छ ।

तर, नेपालको लिडिङ् सटायर अनलाईन गजुरीयल डटकमले लेखेको छ, ‘जुन देशमा पिउने पानी त शुद्ध पाईंदैन भने दुध कहाँबाट शुद्ध हुन्छ ?! 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com