अंग्रेजी काण्डमा मन्त्री बिष्ट बोले, ‘बाँबारुचिभुप’ले बरबाद बनायो !

प्रकाशित मिति: २६ असार २०७५, मंगलवार ०५:२७

मन्त्री गौकर्ण बिष्टको अंग्रेजी भाषणलाई लिएर बजारमा हजार थरिका कृया/प्रतिकृयाहरु आई रहेकाछन् । प्रतिकृयावादीको तर्क छ, ‘श्रममन्त्री हैन शरममन्त्री रहेछन्, लाजै मर्नु बनाए !’ कृयावादीको तर्क छ, ‘उहाँको नाममात्र गाईकाने (गौकर्ण) हो, भाषा त गाईखाने हैन नि ! धन्न त्यति भएपनि बोले भनेर भन्नोस् ।’ 

यसै प्रसंगमा हाम्रा प्रतिनिधिले गुल्मेली मन्त्री बिष्टस“ग शिष्ट कुराकानी गरेकाछन् । प्रश्तुत कुराकानीको असम्पादित अंश:

गुड मर्निङ् मन्त्रीज्यू ।

हे….री, ब्यङ्ग्य हान्न फोन अर्नु भएको हो कि अन्र्तवार्ता लिन हो र ?

तपाईंको अंग्रेजी भाषणको बिषयमा कुराकानी गरौं भनेर मन्त्रीज्यू…।

उसो भए नेपालीमा सोध्नोस् क्या, जले पे क्युँ नमक डालते हो र !

अंग्रेजी त ल्याङ्फ्याङ्रेजी रहेछ नि ! डिग्रीसम्म पढ्नु भएको हैन र ?

चाहिएको बेला काम नलाए पछि जति पढेपनि क्यार्नी हो र ! पढाईमा पास, पराई फयल भन्दिनोस् क्यारे ।

तपाईंको यो अंग्रेजी भाषण आफैं सुन्दाचाहीं कस्तो लाग्यो ?

कस्तो लाउनी हो र, बिष्ट बाजेले औंरेजीमा भागवत पाठ गरेझैं लायो ।

 नेपालीमै बोल्या भए के जान्थ्यो ?

ईज्जत जान्थ्यो ! गोराले नेपाली नबुझपछि देशको ईज्जत जान्नथ्यो र !!

दोभाषे राख्न सकिन्थ्यो नि मन्त्रीज्यू…।

त्यही“ त चिप्लियो क्यारे । हिरो बन्न खोजेको जिरो भईयो, क्यार्ने त नि ।

मन्त्रीले त स्वकिय, सहयोगी, सल्लाहकारका नाममा थुप्रै मान्छे पालेका हुन्छन् । सल्लाह माग्नु भएन ?

हेर्नोस्, सल्लाहकारको सल्लाह भनेको भक्तले भगवानलाई भेटी चढाएजस्तो मात्र हो । चढाउनेले चढाउँछ, लिनले लिन्छ लिंदैन, थाहै हुँदैन ।

त्यो भिडियो हेर्दा स्कुलको पहिलो दिनको पहिलो कक्षामा साथीहरुका अगाडी बोल्नु पर्दाको दर्दनाक अवस्थाजस्तो देखिन्छ । तपाईं डराउनु भएको थियो ?

केलाई डराम्नी हो र ! करान्तीकारीको शब्दकोशमा डर भन्ने शब्दावली  हुँदैन । सातोचाहीं अलिअलि उड्न लागिथ्यो । खुट्टा लगलग कामिथे तर डर भने पटक्कै थिएन ।

बिदेशी मञ्चमा चाईनिज, जापानिजहरु अनुवादक राखेर आफ्नै भाषा बोल्छन् । हामीचाहीं कि अंग्रेजीमैं बल गर्छौ ?

त्यही भएर त बेलाबेलामा ‘बाँबारुचिभुप’ हुन्छौं नि ।

‘बाँबारुचिभुप’ भन्नाले ?

बाँदर बाठो भयो भने रुखबाट चिप्लिएर भुइँमा पछारिन्छ ।

तुलनात्मक रुपमा तपाईंको ईमेज राम्रो थियो । अंग्रेजी काण्डपछि तपाईंका आलोचकलाई के भन्नु हुन्छ ?

के भन्ने हो र ! गल्ती हजार हुन्छन् यहाँ होस हराएको बेला, थप टेन्सन नगराउ मलाई ‘मलेसिया काण्ड’ निल्नु न ओकल्नु भएको बेला !

हवस्त मन्त्रीज्यू, थ्याङ्क्यू ।

फेरी केलाई थ्याङ्क्यू हो, धन्यवाद जो भन्नोस् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com