खुशीको खबर : एब्रोड स्टडी हैन, अब एटहोम स्टडी कन्सल्टेन्सी खुल्ने….

प्रकाशित मिति: १८ श्रावण २०७५, शुक्रबार ०८:१५

स्वदेशी एजुकेसनल कन्सल्टेन्सीमा स्वागत छ । नेपालमै पढ्न चाहानेहरुका लागि सस्तो, सजिलो र सहज सल्लाहका लागि हामीलाई सम्झनोस् । अमेरिका जाने ईच्छा छैन, बेलायत जाने रहर छैन, जापान जानेर ल्याकत छैन, युरोप जाने अवस्था छैन भने आजै आउनोस्, स्वदेशमै पढ्नोस्, स्वदेशकै सेवा गर्नोस् ।

हाम्रो कन्सल्टेन्सीमा लाखौं रकम बुझाउन पर्दैन । पढुल्जेल कलेजबाट कमिसन पनि लिंदैनौं । बरु तपाईंलाई मिसन दिन्छौं । देशभित्रै अध्ययन, देशकै सेवा र देशकै मेवाको मिसन !

एक नंबर प्रदेशको बिख्यात एग्रिकल्चर कलेजमा पढ्नोस्, विश्वकै प्रख्यात एग्रो ईन्जिनियर बन्नोस् । ३ नंबर प्रदेशको चर्चित कल्चरल युनिभर्सिटीमा एडमिट हुनोस्, संसारकै राम्रो सम्पदाबिद् हुनुहोस् । पोखरामा टुरिजम कलेज छ, त्यहीं पढेर यहीं उन्नत हुनोस्, सम्पन्न बन्नोस् ।

२ नंबर प्रदेशको कलेज अफ ईन्डस्ट्रीज्मा जानोस् । उद्योगपति बन्नुहोस् । हरेक प्रदेशहरुमा नेपाली माटो सुहाउँदा स्कुलहरु छन् । हावापानी सुहाउँदा कलेजहरु छन् । ब्यवहार सुहाउँदा बिश्व बिद्यालयहरु छन् । न ठगिने डर ! न लुटिने डर ! न कुटिने डर ! न मारिने डर !सरल शिक्षा पद्धती, सहयोगी गुरुहरु र सुरक्षित अध्ययनस्थर छोडेर कहाँ बिदेश–बिदेश भन्दै दौडिनु भएको !

आउनोस्, तपाईंलाई नयाँ नयाँ कोर्ष, त्यसको भविश्य र करियरको बारेमा निशूल्क: काउन्सिलिङ् गर्छौं † पुर्वीय सभ्यता पढ्नोस् पश्चिमा जगतलाई तान्नोस् । जलश्रोत बिज्ञ बन्नोस्, बिश्वलाई बोलाउनोस् । अग्र्यानिक खेतीको अध्ययन गर्नोस्, विश्व बजारमा बिक्नोस् । कहाँ बिदेश–बिदेश भन्दै कुदि रहनु भएको !

 

हिमालको चिसो हावा खांदै माउन्टेनेरिङ् स्टडी गर्नोस् । पहाडको न्यानो बताससँगै कृषि पढ्नोस् । तराईको तातो माया लिदै इन्डस्ट्री पढ्नोस् । जहाँ पढेपनि पाउने ज्ञान त्यही हो । जहाँ बसेपनि टेक्ने धर्ती यही हो । संभावनै नहुँदा पो एब्रोडतिर लाग्ने हो † संभावनाको महासागर छोडेर कहाँ अन्योलको भवसागरतिर हिंड्नु भएको !

बिदेशमा पढेर हामी के गर्न फरक गर्न सक्छौं ? राम्रो जागीर, शान्त जिवन, सुरक्षित भविश्य…यही हैन त ? प्रयास गर्दा त्यति त यहीं संभव छ नि । ३ करोड थोपा अटाएको ठाउँमा तपाईं एक थोपा किन नअटाउनु होला !

त्यत्रो खर्च खर्च गरेर, त्यति धेरै पढेर, त्यतिका डिग्री लिएरपनि बाँच्नुमात्रै हो भने के मज्जा ! ठुलै काम गरे दुईचार वटा स्टोर र स्टेशनहरु खोल्ने न हो ।

यहाँ त जहाँपनि सफलताको संभावना छ किनकी कतै केही भएकै छैन । पानी छुनोस्, बिजुली निस्कन्छ । बेचेर आफु अरबपति बन्न सकिन्छ । देश खरबपति बन्छ । माटो छुनोस्, कृषि उत्पादन गरेर क्रान्ती गर्न सकिन्छ । सडक छुनोस्, आफु सम्पन्न बन्न सकिन्छ, देश धनी बनाउन सकिन्छ ।

किनकी हाम्रो देशमा काम गर्ने हजारौं ठाउँ छन् । मात्रै त्यो बिषयका ज्ञाताहरुको अभाव छ । विज्ञहरुको कमी छ । बिदेश गएपछि कमै मान्छे फर्किन्छन्, पढ्न गएपनि, लड्न गएपनि ! त्यसैले स्वेदश एजुकेशनल कल्सन्टेन्सीमा आउनोस् र देशभित्रै एजुकेटेड बन्नोस्…भनेर भन्ने विज्ञापन कहिले पढ्न पाईएला ! 😆

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com