राज्यमन्त्रीको सवारी अन्तरिक्षबाट पनि देखियो : नासाले शुरु गऱ्यो गंभीर अनुसन्धान…

प्रकाशित मिति: १८ श्रावण २०७५, शुक्रबार १४:०१

दुई नम्बर प्रदेशकी राज्यकी मन्त्री सिम्पल कुमारीमाथी अमेरिकी अन्तरिक्ष संस्था नासाले गंभीर अनुसन्धान थाल्ने भएको छ । राज्यमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला रौतहट पुगेकी उनको पछाडी सयौं सवारी साधनहरु चुम्बकमा फलाम तानिए जसरी तानिंन थालेपछि नासाको गंभीर ध्यान आकृष्ट भएको हो ।


सिम्पल कुमारी अत्यन्त सालिन, सरल मितब्ययी नेतृ मानिन्छिन् । उनि तामझाममा विश्वास गर्दिनन् । तर हालै जब पहिलो पटक उनि चन्द्र निगाह पुगिन् उनको पछिपछि तिन दर्जनभन्दा बढि गाडीहरुको लावा लस्कर लाग्यो, त्योपनि आफसे आफ ! गाडीको लावा लस्करलाई शुरुमा त उनले आफ्ना समर्थक ठानिन् । तर जब ती सबै गाडी बिन बुलाए मेहमान भएको पत्ता भयो तब मन्त्रीजीले बुझिन् कि दालमें कुछ काला है । बादमें पत्ता लाग्यो कि दालमें कुछ काला नही दाल हि काला है ।

यो लावा लस्करलाई पहिलो पटक नासाको अन्तरिक्ष यान एसिया ०.२ ले देखेको थियो । नासाको बुलेटिनमा भनिएको छ, चाईनाको ग्रेटवाल र हिन्दुकुश पर्वतमालाको बिचमा एउटा अनौठो मुभमेन्ट देखियो । हम्बल क्यामेराले खिचेपछि थाहा भयो, राज्यमन्त्री सिम्पल कुमारी झाको सवारी रहेछ । जसको पछि पछि सयौं गाडीहरु आफसे आफ गुडि रहेका थिए ।’

अत्यन्तै सरल, शालिन, मितब्ययी नेतृको रुपमा चिनिने मन्त्री सिम्पललाई पनि थाहा छैन, त्यतिका धेरै गाडीको लावा लस्कर कसरी आयो ! बिबिसीसँगको कुराकानीमा उनले भनिन्, ‘सेक्यूरिटी सहित् म एउटा गाडीमा अगाडी बढ्दै थिएँ, अकस्मात मेरो जिउ भारी भयो । कुनै अदृष्य शक्तिले जर्बजस्ती तानेझै लाग्यो । पछाडी फर्केर हेर्दा सयौं गाडीहरुले मलाई पछ्याई रहेका थिए । त्यसपछि म बेहोस् भएँ ।’


जानकी मेडिकल कलेजका फिजिसियन डा. मञ्जित झा भन्छन्, ‘उहाँको शरीरमा यति धेरै चुम्बकिय पर्दाथ देखिन्छ कि सयौं गाडीहरु आफैं तानिएर आएकाछन् । यो मेडिकल ईतिहासमा अनौठो घटना हो ।’ राजपाका जिल्ला अदक्षले भने, ‘ती गाडीहरु हामीले बोलाएको पनि हैन, मन्त्रीजीले मगाउनु भएको पनि हैन । मन्त्रीजीको सवारी अगाडी बढ्नासाथ कताबाट आयो, किन आयो, कसरी आयो, भगवान कोइराला कसम, हामीलाई पनि थाहा छैन । हामी पनि छक परेछु ।’

मन्त्रीजीको यो अलौकिक शक्तिलाई ज्योतिषिहरुले साक्षात् भगवतीको प्रबेश भएको बताएकाछन् । तर बैज्ञानिकहरुले भने उहाँमा तेश्रो ग्रहको एलियन क्वीनको अवतरण भएको हुनसक्ने आशंका गरेकाछन् । स्थानीय भन्छन्, मन्त्री फर्किएपछि अकस्मात ती गाडीहरु स्टार्ट बन्द भएर बाटैमा अलपत्र परेका छन् ।

नेपालको दुई नम्बर प्रदेशमा घटेको यो अदुभुत, अकल्पनिय र अलौलिक घटनाको अनुसन्धान गर्न अमेरिकी, बेलायती र रसियन बैज्ञानिकहरुको टोली काठमाण्डौमा आउने भएको छ । उता दुई नम्बर प्रदेशका मतदाताहरु भने मन्त्रीको यो दशा देखेर रुनु न हाँस्नुको अवस्थामा रातोपाटी डटकमले जनाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com