वामदेउ गौतमको स्वीकारोक्ति- ‘बर्दियामा बजारिएको मान्छेले डोल्पालीसँग सिंगौरी खेल्न हुँदैन !’ #Fakxclusive Interview

प्रकाशित मिति: २१ श्रावण २०७५, सोमबार १५:४४

 

एमालेका दबाबशाली नेता बामदेव गौतम अहिले चर्चामा छन् पनि, छैनन् पनि ! छैनन् यस अर्थमा कि, उनि कुनै लाभको पदमा छैनन् । छन् यस अर्थमा कि, बेमौसमी उपचुनावद्धारा सांसद बन्दैछन् रे ! ‘रे’को यही रोग पछ्याउँदै हामीले स्वयम् गौतमलाई भेट्यौं । प्रश्तूत छ, गजु–वाम कुराकानीको असम्पादित अंश-

अभिवादन कमरेड, तपाईंं हाल–खबर के छ ?
-भनेर भन्देखुन्लाई…हाल र खबर दुबैको ‘बे’ छ । अर्थात् बे––हाल र बेखबर !

सधैं चर्चामा रहने तपाईं अहिले चुपचाप हुनुहुन्छ ! किन ?
-पर्तिपर्धाका आधारमा चुनाउ सम्पन्न भयो । चुनाउको ‘चु’ अर्कैले लग्यो, ‘नाउ’मात्र बाँकी रह्यो । अब के बुझ्नोस् भने पानी बिनाको नाउको कथा र पदको बिनाको नेताको अवस्था उस्तै हुने रहेछ !

तर तपाईं फेरी चुनाव लड्ने कुरो आएको छ ?
भनेर भन्देखुन, भरखर बर्दियामा लडेको, फेरीपनि किन लड्ने ? चुनावमा ‘लड्ने’ हैन, ‘उठ्ने’ हो ।

त्यसको मतलब डोल्पाबाट उठ्ने कुरो सत्य हो ?
-झुठ हो, कपोलकल्पित हो, गलत हो । भनेर भन्देखुन्, एक ठाउँका जनताले घोक्रेठ्याक लाईदिएपछि अर्को ठाउँमा सिंगौरी खेल्ने काम यो बामदेबबाट हुन्न, ढुक्क हुनोस् ।

त्यसको मतलब, फेरिपनि हारिएला भन्ने डर हो ?
-म त हारि रहने मान्छे हुँ, फेरि हार्दा मलाई केही घाटा हुन्न । हिसाब गर्नु भएको छ, उपचुनाव गर्दा देशलाई कति घाटा हुन्छ ? त्यसैले देशलाई घाटा हुने काम मबाट हुन्न ।

त्यसो हुँदा त तपाईं पछि पर्ने हुनुभयो नि ? प्रधानमन्त्री, पार्टी अध्यक्षको सम्भावना पनि नरहने भो…..!
-भनेर भन्देखुन, वामदेवलाई त्यति कमजोर नआँक्नोस्, ५ बर्षसम्म कुर्न नसक्ने ! एक डेढबर्ष कुरे राष्ट्रिय सभामा पनि जान सकिन्छ । अहिले बेमौसमको उपचुनावी नारा बजाएर वामदेवको वदनाम गर्न खोजिंदैछ ।

अन्य आर्थिक बिषय पनि बेला बेला उठ्छन् नि तपाईंका बारेमा ?
-भनेर भन्देखुन्, मेरो नाम नै वामदेव ! देवलाई कहिल्यै पैसाको खाँचो पर्छ ? शक्तीको आवस्यकता हुन्छ ? पदको लोलुपता रहन्छ ? एउटा कुरा के बुझ्नोस् भने, यदि भक्तले भेटी चढाउँछन् भने देवताले त्यसलाई अस्वीकार गर्नुचाहीं पटक्कै हुन्न ।

त्यसो भए वामदेवको ईच्छामा, प्रचण्ड–ओलीको मतिमा, माधव नेपालको सहमतीमा, उपचुनावको घटना घटाई, राष्ट्रको खर्च बढाई तपाईं सांसद बनेर प्रधानमन्त्रीको लाईनमा बस्न खोजेको कुरा गलत हो, हैन त ?
-हो । भनेर भन्देखुन्लाई, वामदेव त्यो पर्दाथको नाम हो जो आफ्नो पार्टीको ज्यूँदो र सग्लो सांसदलाई ह्विप र आदेशको नाङ्लो ठटाई, पदबाट जर्वजस्ती हटाई आफु उठेर अरुलाई लडाउने कुरा कल्पना पनि गर्न सक्दैन……… भनेर वामदेव गौतमले भन्लान् भन्ने कुरामा कतिजना सहमत हुनुहुन्छ ? हात उठाउनोस् त 🙂 :mrgreen:  😆

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com