सरकारको फर्स्ट सेमिस्टरको रिजल्ट निस्कियो : मार्कसिट यस्तो छ…

प्रकाशित मिति: २७ श्रावण २०७५, आईतवार ०५:१९

पाँचबर्षे सरकारको पहिलो परिक्षाफल प्रकासित भएको छ । सरकार नियन्त्रण कार्यालय, जन ठिमीद्धारा प्रकासित परिक्षाफल अनुसार ओली सरकारले पासमार्क मात्र ल्याएको छ ।

यो सरकारले पाँचबर्षमा १० वटा परिक्षा दिनु पर्दछ । प्रत्येक छ महिनामा हुने यसको पूर्णङ्क १०० र पासमार्क जम्मा ३३ रहेको हुने गर्दछ ।हालै भएको पहिलो सेमेष्टरको परिक्षामा सबैभन्दा धेरै नंबर ‘प्रचार –प्रसार’मा ल्याएको छ । त्यसपछि ‘आस्वासन’मा पनि राम्रै गरेको देखिन्छ ।

सबैभन्दा कम नंबर ‘विकास निर्माण’ र ‘जन गुनासो संबोधन’ बिषयमा देखिन्छ । ‘रोजगारी ब्यवस्थापन’ र ‘मन्त्रीको थुतुनो नियन्त्रण’ बिषयमा बालबाल बँचेका देखिन्छ । परिक्षा नियन्त्रक समुहका सदस्य बिष्णु सापटोकाले नेपाल साप्ताहिकलाई भने, ‘बालुवाटारमा नयाँ ट्युसन टिचरको आवस्यकता देखिन्छ ।’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार २०स्नु तिमाल भने फर्स्ट सेमेस्टरमा सरकार फर्स्ट डिभिजनमै रहेको बताउन खोज्दै भन्न खोजे, ‘रातारात परिवर्तन गर्न सरकारसँग जादुको छडी छैन, दाजुको छडीले काम गर्दैन ।’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com