लालबाबुको मन्त्रालयमा कर्मचारीको रेस्लिङ : युनियनले ठोक्यो सुन्निने गरि…

प्रकाशित मिति: २८ श्रावण २०७५, सोमबार १०:२९

संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारसँग थप बजेट मागेको छ । सचिव लिनेस थापलियाले अर्थ मन्त्रालयलाई पत्र लेख्दै ‘अतिरिक ब्यायाम बजेट’ माग गरेका हुन् । पत्रमा भनिएको छ- ‘रेस्लर कर्मचारीकालागि मुक्का-प्रुफ हेल्मेट चाहिकोले आवस्यक रकम उपलब्ध गर्न नाईं नभन्नु ल ५ !’

‘हेल्मेट किन चाहियो ?’ भन्ने हाम्रो प्रश्नमा सचिव थापलियाले भने- ‘ब्रेक टायमको सदुपयोग गर्दै हाम्रा कर्मचारीहरु अफिसमै रेस्लिङ खेल्ने गर्छन्। उनिहरुको यो मैत्रीपुर्ण खेललाई सुरक्षित, संस्थागत र साकार बनाउनु पर्यो क्या !’

हिजो कर्मचारी युनियनका जोवन भन्डारी भर्सेस उपसचिव ऋषिमुनि आचार्यबिचमा भएको मुक्कापुर्ण खेलमा युनियनका भण्डारीले सुनियनका आचार्यलाई सुन्निने गरि ठोकेका थिए ।

‘खेलमा एक कर्मचारीको सरुवालाई बाजी राखिएको थियो ।’ खेलाडी भन्डारीले भने- ‘मैले जितेको हुनाले अब उप-सचिवज्युले हाम्रा साथीलाई हामीले भनेकै ठाउँमा सरुवा गर्नु हुनेछ ।’ तर घाईते उप-सचिवले हार अस्विकार गर्दै भने- ‘खेल सकिएको छैन । अहिलेलाई के बुझ्नोस् भने- खेल खेलाडीको, कुटाई भँडारीकाे !’

उता अर्थ मन्त्रालयले संघीय मामिलाको पत्र गृह मन्त्रालयलाई पठाएको छ । पत्रमा ‘खेलाडीको सुरक्षा ब्यबस्था गर्न वा प्रहरी मार्फत हेल्मेट उपलब्ध गराउन’ गृहमन्त्री बादललाई बिन्ति गरिएको छ ।

गृहमन्त्रालयले उक्त पत्र प्रधानमन्त्री कार्यालायमा पठाएको छ । पत्रमा लेखिएको छ- ‘मुक्का खेल्ने कर्मचारी ‘हाम्रै’ भएकाले पुरस्कृत गर्ने कि ? नियम विपरित सरुवा बढुवाको खेल रोक्ने ? सल्लाहकारलाई नसोधी सोझै प्रधानमन्त्रीबाट जवाफ चाहियो ।’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com