कञ्चनपुर प्रहरीको ढाकछोप समिति : ईंजार खुस्किएपछि यस्तो देखियो…

प्रकाशित मिति: ९ भाद्र २०७५, शनिबार ०६:३८

निर्मला बलात्कार काण्डमा प्रहरी परिवारको नाम मुछिएपछि प्रशासनभित्र नयाँ फलछल शुरु भएको छ । नेपाल प्रहरीभित्र लुकेर बसेका भ्रष्ट हाकिम, आपराधिक अधिकृत, सनकी सिपाहींहरुले यसको नेतृत्व गरेका हुन् ।

अति गोप्य रुपमा भएको त्यस भेलामा आफु र आफन्तका कर्तुतहरु लुकाउन के के नौटंकी गर्न सकिन्छ भन्ने बिषयमा घनिभूत छलफल भएको थियो । बैठकमा उपस्थित एक उपल्ला अधिकृतले स्विकारे, ‘छोरा–भतिजाका कुर्कमलाई कसरी संरक्षण गर्ने भन्ने बिषयमा हल्का टक भएको हो, कुराकानी गरेको होईन ।’

तर बैठकमा सहभागी एक सिपाहींले भने यो कुरालाई अस्वीकार गरे । नाम गोप्य राख्ने शर्तमा उनको कथन थियो, ‘जुनसुकै बेला जेसुकै घटनाको ‘नक्कली अपराधी’को रुपमा अभिनय गर्नुपर्ने भएकाले स्ट्याण्डबाई रहने निर्देशन छ ।’ उनले थुर्थुर काँप्दै भने ।

बैकठले नक्कली अपराधी खडा गरी आफन्त जोगाउन गर्नुपर्ने कामको सुचीपनि तयार पारेको छ । त्यसकालागि रोगी, जँड्याहा र असक्तहरुको नाम, ठेगाना पत्ता लगाउने निर्णय गरिएको छ । तिनिहरुलाई परेको बेला जसरीपनि प्रयोग गर्ने योजना छ ।

त्यस्तै अर्को बिषय, छानविन समितिको साटो ढाकछोप समिति बनाउनु पर्नेछ । उक्त समितिले साम, दाम र दण्डभेदको प्रयोग गरेर अपराधीलाई निर्दोष र निर्दोषलाई अपराधी करार गर्न सक्नेछ । आवस्यक खर्चकालागि शहरका गुण्डा, तस्कर, जुवाडे र भ्रष्टहरुलाई पनि समितिमा राख्ने योजना छ ।

यो कुरा गृह प्रशासन र प्रहरी प्रमुखका कानमा पुगेको छ कि छैन, हाम्रा संवाददातले बुझ्ने प्रयास गरिरहेकाछन् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com