ल हेर्नोस्, कति राम्रो खबर तर चर्चा नै हुँदैन…#रियल कुरा

प्रकाशित मिति: २२ भाद्र २०७५, शुक्रबार ०३:१६

 

 

सधैंजसो अनियमितता, तानातान, तँछाड मछाडमै गुज्रिदै आएको हाम्रो स्वाभाव हो । यसले हामी आफैंलाईमात्र हैन, बिदेशीका पर्यटककमा समते नराम्रो सन्देश जाने गरेको छ । बाटो हिंड्दा, सामान किन्दा, गाडी चढ्दा होस् वा अन्य सार्वजानकि सेवा सुबिधा लिने ठाउँमा होस्, कसैले कसैलाई छोड्नेवाला छैन । सबैलाई आफैं पहिलो हुनुछ । ‘तपाईं अगाडी जानोस्’ वा ‘म पछाडी बसौंला नि त’ भन्ने कमै भेटिन्छन् । अधिकांस नेपाली आफ्नो दुनो सोझ्याउनमात्र लागेका हुन्छौं ।

तर, मध्यरातमा जुनकुरीको उज्यालो भनेझैं हामीले एउटा यस्तो सकारात्मक जानकारी पाएका छौं जसले नेपालीहरु आत्म अनुसाशितपनि छन् है भन्ने सन्देश दिन्छ । लामो समयसम्म आन्दोलन र ढुंगामुढा, टियर ग्याँस, होहल्ला र रात्री सल्लाहको केन्द्र बनेको रत्नपार्कबाट यो सुन्दर संस्कारको थालनी भएको छ । दैनिक साँझ ५ बजेपछि त्यहाँ अत्यन्तै व्यवस्थित रुपमा मानिसहरु लामबद्ध देखिन्छन् ।

यो लामबद्धता न सिनेमाको टिकट काट्नका लागि हो न त नजिकै रहेको प्रहरी कार्यालयबाट पुलिस रिपोर्ट निकाल्नका लागि नै हो । यो त सार्वजानिक गाडी चढ्नकालागि पालो पर्खिने शालिन यात्रुहरुको लाईन हो । रत्नपार्कबाट गोङ्गबुहुँदै बानियाँटार जाने माईक्रोमा चढ्ने सधैं उनिहरु यसरी नै लाई लाग्छन् । उनिहरु सबै प्रष्ट र प्रतिबद्ध छन्, लाईनमा जो अगाडी हुन्छ, आउने गाडीमा उहि चढ्नुपर्छ । यसमा ठेलठाल र तानतुन बर्जित छ ।

रत्नपार्कको यो व्यवस्थित लाईन संस्कृति देख्दा सबैलाई आनन्द लाग्छ । रत्नपार्कको सेवा राम्रो संस्कृति हामीले पनि सिक्ने कि ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com