‘बालुवाटार वंश प्रतिष्ठानको कार्यालय हैन, सरकारी सम्पती हो !’ -ग-गन थापा

प्रकाशित मिति: २३ भाद्र २०७५, शनिबार ०३:१३

आज प्रधानमन्त्री निवास, बालुवाटारमा हुने भेला ‘ओली’ नभएर ‘अईली भेला’ भएको स्पष्ट पारिएको छ । प्रधानमन्त्रीको बिजि सचिवालयद्धारा साँझ प्रकाशित बिज्ञप्तीका अनुसार, यो कार्यक्रम ‘अईली’ अर्थात् चिल्ला मान्छेहरुको नियमित भेटघाट हो । यसमा सिंगै ओली वंंशलाई जोड्नु अन्याय हुनजान्छ ।

यो अईली भेला पहिलो हैन । बालुवाटारमा चिल्ला र चिप्ला मान्छेको उपस्थिति भैरहन्छ । ठेक्का हात पार्न, सरुवा गराउने, बढुवा मिलाउने, नियुक्ति खाने, सम्मान माग्ने, पदक पड्काउने, सोर्सफोर्स लगाउने, सहयोग माग्ने ‘अईली’ (चिप्ला/चिल्ला)हरुको भेला दैनिक हुने गर्दछ । आजको भेला त्यसैको नियमितामात्र भएको बिजी कार्यालयले प्रष्ट पारेको छ ।

बिकास/निर्माण र राहत/रोजगारीलाई प्राथमितामा पार्नु पर्नेमा भेलामा रेला गरेर प्रधानमन्त्रीलाई अलमल्याइएको गुनासो सडकभरी छताछुल्ल छ । चिप्ला मान्छेहरुले चिप्ल्याई नसकेपनि प्रधानमन्त्रीलाई कुनैपनि बेला चिप्ल्याउन सक्ने संभवना रहेको एक २०लेशकले बताए । उनले भने, ‘आजमात्र हैन, बालुवाटर अईलीहरु भेला पञ्चायतकालदेखि नै हुने गरेको छ, यो त्यसैको नियमितता हो । यसलाई प्रधानमन्त्री स्वयम्ले चिर्न नसके गिर्न सक्छन् ।’

‘वंशका भेला त आफुले अंश पाएका स्थानमा गर्नु नि, सरकारी खर्च किन ?’ हाम्रो प्रश्नमा प्रधानमन्त्रीका वंश सल्लाहकारले भने, ‘ढुक्क हुनोस्, सरकारको सुको खर्च हुँदैन परेको पिएमले ब्यहोर्नु हुन्छ ।’

यस बिषयमा, अष्ट्रेलियाको तिजी भ्रमण रहेकी सांसद तथा गायिका कोमल ओलीले हामीसँग भनिन्, ‘जात्तेरिका ! फेरी जनताले आलोचना गर्ने भए । यस्ता भेला त कि दाङ्मा कि झापा पो गर्नु पर्दथ्यो । काकुले पनि कस्तो निर्णय गरिस्या होला !!’ स्मरण रहोस्, गायिका कोमल वलीले प्रधानमन्त्री केपी ओलीलाई ‘काकु’ भन्ने गर्छिन् ।’

यो बिषयमा संसदमा पनि कुरो उठ्ने खतरा बढेको छ । प्रमुख प्रतिपक्षी दलका सांसद ग–गन थापाले संसदमा बोल्दै भन्नेछन्, ‘वालुवाटार सरकारी सम्पती हो, ओली प्रतिष्ठानको कार्यालय हैन ।’

तपाईंलाईचाहिं के लाग्छ ?

 

#DISCLAIMER
गजुरीयल डटकम रियल कुराहरूको गजुरियल टिप्पणी हो । यहाँ प्रकाशित सामाग्रीहरू अर्धसत्य मात्र हुन् । कसैको जीवनसँग मेल खान गएमा संयोगमात्र हुने छैन, भूलसुधारको सुन्दर अवसर पनि बन्नेछ 🙄

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com