१ नंबरका मुख्यमन्त्रीको चमत्कारी योजना : जग्गेमै बिवाह दर्ता, न्वारानमै नागरिकता !

प्रकाशित मिति: २५ भाद्र २०७५, सोमबार ०३:३७

 

काम होस्  नहोस् , कुराचाहिं गज्जब गर्छन् यी मुख्यमन्त्री ! लाग्छ, प्रधानमन्त्री केपी ओलीले पनि यिनैबाट सिकेका हुन् !!

प्रदेश सरकारको काम छैन, मुख्यमन्त्रीको आवस्यकता छैन, संघीयता काम लाग्दैन भन्नेहरुलाई यी मुख्यमन्त्रीले गतिलो जवाफ दिएकाछन् ।

गणतान्त्रिक ब्यवस्थामा नागरिकता बनाउन सदरमुकाम पुग्नुपर्थ्यो । संघीय गणतन्त्रमा स्थानीयले दिन थाल्यो । यी मुख्यले भने घरघरमै पुर्याई दिने घोषणा गरेका छन् ।

यस्लाई ‘सरकारी सेवाको होम डेलिभरी सर्भिस’ नाम दिईएको छ । यो सेवा अन्तर्गत अब कर्मचारीहरु सरकारी कागजपत्र, छाप र हाकिमको सहि बोकेर तपाईंको घरघरमा आउनेछन् ।

तपाईंको नागरिकता बनाई दिनेछन् । जग्गा पास गर्नेछन् ।  सिफारिस बनाउनेछन् । जे जे काम छ,  सबै गरिदिनेछन् । अनि उल्टै चिया कफि खुवाएर फर्किनेछन् । याे सेवा सबै निशु:ल्क हुनेछ ।

यो कार्यक्रमको प्रचारका लागि बिज्ञापन सामाग्री पनि तयार पारिदैछ ।

‘ए, आयो हजुर….नागरिकता बनाउने, मालपोत बुझाउने, सिफारिस लिने, तिरो तिर्न बिर्सिएको छ, भ्याट दिन भुलेको छ, खानेपानीको बिल तिर्न बाँकी छ, बिजुलीको पैसा बुझाउनु छ, जन्म दर्ता गर्न, बिवाह दर्ता गराउन ! तपाईंको घरमै आएको छ । निशु:ल्क सेवा लिनोस्, अर्को चोटि भोट दिनोस् !’ सरकारी कर्मचारीहरु यसो बन्दै घरघरमा आउनेन् ।

एउटै समस्या….सरकारी कर्मचारीहरु घरघरमा पस्न थालेपछि ‘पति-पत्नी मिस अन्डरस्टान्डिङ’ बढ्ने खतरा रहेको एक पीडितको आसंका छ । सम्भावित खतरालाई मध्ये नजर राख्दै  ‘होम डेलिभरी’मा जाने कर्मचारीको नियत नियन्त्रणको औषधी खुवाईनेछ ।

यो मुख्यमन्त्रीको योजना हो, कार्यान्वयनको जिम्मा कर्मचारीको हो । देशमा निरासाको कालो बादल छाई रहेको बेला प्रदेस सरकारको यो योजनाले खुशी बनाएन त !

तर, ठिक्कमात्र खुसी हुनोस् किनभने यो कुरा हाम्रो देशको प्रदेशको हैन, परदेशको प्रदेशको समाचार हो । भारत देशको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालको योजना हो ।

हाम्राले पनि केही यस्ता उटपट्याङ गरिदिए कम्तीमा कानलाई त आनन्द हुन्थ्यो । हैन त ?

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com