आजका हेडलाईनहरु : ट्रम्पको ट्याउँ ट्याउँ, सीको सुसाई–साँढेको जुधाई, बाच्छाको मिचाईं !

प्रकाशित मिति: ४ आश्विन २०७५, बिहीबार ०३:१६

‘निर्मलाको हत्यारा खोजी : बाटोमा जसलाई भेट्यो उहीमाथी शंका !’ –अनलाईन खबर
शंकाले लंका भेट्छ भन्थे ! यहाँ त मुसो पनि भेटिएन, बंकर नै बनाएर लुकेका छन् क्या हो !

‘मधेशी दलले दोहोरो चरित्र देखाए !’ -काङ्ग्रेस नेता बिमलेन्द्र नीधि
मधेशी दलम् चरित्रम्, मधेशस्य भाग्यम्, दैवो नजानाती कुतो मनुस्यम् !

शिशु हत्या प्रकरण : सिसि टिभीमा देखिएका आरोपी अझै फरार
साबधान ! सिसि टिभी फुटेज नै फरार होला !

 

संबिधान दिवसमा माईतीघरमा फहराईयो १०० फिटको अग्लो राष्ट्रि्य झण्डा
माइतीघर, ससुरालीघरभन्दा मनको घरमा फहराएको झण्डा झुक्दैन भन्छन् !

सरकारले संघीयतालाई अलोकप्रिय बनायो : नेपाली काङ्ग्रेस
त्यो अधिकार हाम्रो हो भन्न खोज्या होला !

वीर अस्पतालको ईमरजेन्सी स्वयम् सेवकको भरमा, स्वास्थ्यकर्मी कमाउ अड्डामा ।
मौलिक अधिकारको बिरुद्धमा सेताको कोटहरुको जुलुसको साईड इफेक्ट होला !

बिमानस्थलको अध्यागमनमा सेटिङ् : पर्यटक भिषामा खाडी पठाईंदै ।
सेटिङ्मात्र ! त्यहाँ त डेटिङ्, मिटिङ् र चिटिङ्पनि हुँदो हो !

मलेसियामा बिशाक्त मदिरा सेवन प्रकरण : ६ जना नेपाली सहति १९ जनाको मृत्यू
‘जानेलाई श्रद्धाञ्जली सहित् खानेलाई शिक्षा : तापसी छोड्नोस्, लिनुहोस् दिक्षा !’

ब्यापार युद्ध होईन, अमेरिका–चीनबिच प्रभुत्वको लडाईं : सेतोपाटी डटकम
ट्रम्पको ट्याउँ ट्याउँ, सीको सुसाई–साँढेको जुधाई, बाच्छाको मिचाईं !

राज्यकोषको अनियमिताको आरोपमा मलेसियाका पूर्व प्रधानमन्त्री रजाक पक्राउ :सेतापाटी डटकम
अहा ! यस्तो राम्रो समाचार किन अरु देशको मात्रै पढ्नु पर्ने होला ?

धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताबारे पुर्नबिचार गर्न राप्रपाको माग : साँझको समाचार
सत्ता हुँदा हलो अड्का : नमच्चिने पिङ्का सय झड्का : गजुरीयल बिचार

विप्लव नेतृत्वको नेकपाद्धारा सरकारसँग तस्काल वार्ता नगर्ने घोषणा : रातोपाटी समाचार
तत्काल नगरेपनि कुनै कालमा त वार्ता हुन्छ होला ! अहिल्यै कुरा गरौं कमरेड, मिले मिल्ला, नमिले विस्मिल्ला ! 😀 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com