आजका हेडलाईनहरु : चोर, पोर्न साईट र अरिङ्गालको उधुम

प्रकाशित मिति: ६ आश्विन २०७५, शनिबार १५:१६

 

  • चितवनमा थरीथरीका चोर, मिर्गौलादेखि रक्सीसम्म
    रक्सीले कलेजोलाई बढि असर गर्ने भएकाले मिर्गौलासँगै कलेजपनि चोर्न अनुमती ।

  • सरकारले पोर्न साईट बन्द गर्ने : आजको समाचार
    संबन्धित समाचारमा : इन्द्रजात्राको लिंगो ठड्याइयो

  • उमेर ढल्केपछि यौनइच्छामा कमी आयो, के गर्ने करुणा जी र- एक पाठक पत्र
    ‘तीर्थ जानोस् बलरामजी किनकी राम नाम सत्य हो, सायद उर्जा अन्त्य भो ।’ – करुणाजीको संभावित उत्तर

  • जथाभावी फोहर फाल्नेलाई बढी कर लगाऊँ – मन्त्री पण्डित
    बोलीको कर लगाउने हो वा ट्याक्सको कर लगाउने हो, मन्त्रीज्यूले प्रष्ट पार्नु भएन ।

  • सरकारले सरकारी कोषबाट रकम लिएर नतिरेका नागरिकहरुलाई विदेश भ्रमणमा प्रतिबन्ध ।
    खबर पढेर दंग नपर्नोस्, यो नेपालको हैन, अष्ट्रेलियाको समाचार हो ।

  • ‘किम परमाणु नि:स्शस्त्रीकरण चाहन्छन्’ – दक्षिण कोरियाका राष्ट्रपति
    अमेरिकाको कि कोरियाको नि:स्शस्त्रीकरण हो, प्रष्ट भएन ।

  • अरिंगाल भन्दा उधुम भो, मौरीजस्तो मिलेर काम गर्नुपर्छस् प्रधानमन्त्री
    अब मौरीभन्दा पनि धुम मचिन्छ त्यसपछि कमिलाजस्तो भन्नु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com