नेपालीलाई ग्रिनकार्ड : एक्स्ट्रा अर्डिनरी रोकियो, ‘युजलेस क्याटागोरी’ खुल्ने…

प्रकाशित मिति: ८ आश्विन २०७५, सोमबार ०४:०८

‘एक्स्ट्रा अर्डिनरी क्याटागोरी’ अन्तर्गत अमेरिकाले ग्रिनकार्ड फाईल गर्न नदिने हल्ला चलेको छ । हल्ला सुनेपछि धेरै ‘एक्स्ट्रा अडिनरी’लाई ज्वरो आउने, टाउको दुख्ने र झोक्राउने समस्या आउने दाबी बिश्लेषकहरुको छ ।

नेपाली अमेरिकन कलाकार संघका अध्यक्ष सुमन बुढाले फेसबुकमा लेखेकाछन्, ‘अक्टोबरदेखी नेपाली कलाकार, खेलाडी लगायतले ग्रिनकार्ड नपाउने भएकाछन् ।’  उनका अनुसार, धेरै कलाकारहरुले नेपाल र अमेरिकाबाट एप्लाई गरेकाछन् । उहाँहरुको के हुने हो कुन्नी !

सगरमाथी टेलिभिजनका संस्थापक रामचन्द्र खरेलले भने, ‘यो हल्ला आएको छ, सल्लाह हुन बाँकी छ ।’ त्यसो त ट्रम्पका धेरै प्रश्ताबहरु फेल हुँदै आएकाछन् । उनको यो प्रश्ताव पास भयो भने थुप्रै एक्स्ट्रा अर्डिनरी नेपालीको सपना फेल हुने छ ।

ट्रम्पको यो कदमप्रति केहीले गनोज मजुरेललाई दोष दिएकाछन् । एक एक्स्ट्रा अर्डिनरीले भने, ‘मनोजले ट्रम्पको क्यारिकेचर नगरेको भए उनि यति बिच्किने थिएनन् । गए गुजरेल नै रहेछन् नि !’

ग्रिनकार्ड अस्वीकृत अर्का खेलाडीको धारणा भने फरक छ, ‘हाम्रो देशका ब्रेनहरुलाई आफ्नो देशमा तान्ने बाराकभन्दा ट्रम्प धेरै राम्रा हुन् ।’

गोप्य शूत्रका अनुसार, अमेरिकाले ‘एक्स्ट्रा अर्डिनरी’को साटो ‘युजलेस क्याटागोरी’मा नेता लैजाने योजना बनाउँदैछ । नेपाल, बंगालादेश, भारत, पाकिस्तान लगायत अफ्रिकन मूलुका नेताहरुलाई लक्षित गरेर यो योजना ल्याउन लागिएको हो ।

उनिहरुलाई अमेरिकाको नयाँ शहरी योजनामा बाटो खन्ने, घर बनाउने, टायम टेबुलमा हिंड्ने, कानुनको दायरा बस्ने, बोलीको ठेगान राख्ने, जनताप्रति ईमान्दार हुने काममा लगाईनेछ ।

-एजेन्सीको असहयोगमा

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com