आइजीपीको राजिनामा,आफैं बोक्सी, आफैं  झाँक्री : आजका हेडलाईनहरु…

प्रकाशित मिति: १९ आश्विन २०७५, शुक्रबार ०५:३१

प्रधानमन्त्रीको  १२ दिने भ्रमण : भ्रमणमै सिमित कि उपलब्धी मूलक  रह्यो  ?
अमेरिका भ्रमणको उपलब्धि, कोस्टारिका बिश्वविद्यालमा शान्ति, देशमा छायो, हलचल र अशान्ति !

मापदण्ड नपुगेको अस्पताललाई ३०० शैया सञ्चालन अनुमति दिन स्वास्थ्य सचिवकै जोडबल
नो टेन्सन ! डा. के सी उचाल्ने, निल्ने न ओकल्ने !

कवाडी ब्यबसायीहरुको चेतावनी : कर फिर्ता, नलिए कलंकीदेखि थानकोटसम्म ठप्प पार्छौं
सिमा पारी  धेरै छिमेकीका घरमा चूलो नबल्ने संकेत

फेसबुकमार्फत्  हङकङमा रहेकी युवती ठगे एक युवाले
वैंसको उन्मादी, प्रेमजालको कमाल, होस् गर है बैंसालु हो यस्तै होला हाल !

झलनाथ खनाल भन्छन् – प्रधानमन्त्रीलाई हामीसंग कुरा गर्ने फुर्सद छैन, टेलिफोन लाग्दैन
ओलीले अच्छिंउ खाए, बच्छिउ खाए झुच्छे बारूला !

सत्तारुढ दलका विधार्थीहरुले मागे आइजीपीको राजिनामा
आफैं बोक्सी, आफैं  झाँक्री !

नागढुंगाको जाम : यो सडक त हिंडनै नपरे हुन्थ्यो !
खाए खा नखाए घिच, यही खोज्न खाल्टोमा  बस्याथिस् !

माधव नेपालसंग २९ सालदेखिको घनिष्टता छ: प्रधानमन्त्री
त्यसैले वाहाँ आत्मीय ठानेर कहिलेकाँही जिस्कनु हुन्छ ?

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com