लिफ्ट बिनाको घरमा किन गए भिआईपी जुवाडे ? – आजका हेडलाईन

प्रकाशित मिति: २० आश्विन २०७५, शनिबार १५:०७

  • संसदीय समिति स्वायत्त छन्, सरकारलाई निर्देशन दिन सक्छन्: सभामुख
    अजङ्गको राजा फुच्चे सल्लाहकार, हुने कुरा भएकैछैन सबै हल्लाकार !

  • नुवाकोटको साततले दरबार, हेर्न लाग्छ रहर
    भुकम्पले हल्लिएका थोत्रा जिर्ण घर, ऐल्यै ढले भने कैले पुग्ला रहर !

  • अक्टोबरभित्रै विराटनगर आउँदै रेलको इन्जिन
    मेलम्चीको पानी-आउनेवाला रेल, भन्ने/गर्नै उस्तै उस्तै हर्दै जाउँ खेल !

  • पुर्वमन्त्रीको कल्पना धमलाको चुनौती: मलाई जिम्मा दिनुस, निर्मलाको हत्यारा पत्ता लगाइदिन्छु
    मसँग भए दिने थिईंन, छैन लिएर जाउ

  • ओलीले अहिलेसम्म सम्झनलायक एउटा पनि राम्रो काम गरेनन्: प्रदिप पौडेल
    नाकाबन्दीको सामना त भारतले लगाई दिएकोले मात्र !

  • दरबारमार्ग ट्राफिकले बुझायो विदेशी नागरिकको ट्याक्सीमा छुटेको रकम र सामान
    कुरा त राम्रो हो, तर खासै मुल्यवान चिज थिएन कि कसो ?

  • पार्टी एकता उल्ट्याउने षडयन्त्र भयो: प्रचण्ड
    पुरै उल्ट्याउने कि भागिलाउने षडयन्त्र होला !

  • लोभै लोभले जेलिएका बैंकर्स कमल ज्ञवाली अन्तत: कानूनको फन्दामा
    लोभले लाभ, लाभले बिलाप, कानून लाग्यो उस्कै खिलाप !

  • काठमाण्डौको भीआईपी जुवा अखडा मा प्रहरी छापा, ४ तलाबाट हाम्फाल्दा दुइजनाको मृत्यु
    भिआइपी जुवाडे त लिफ्टबाट ओर्लनु नि, के को बतासे ईन्काउन्टरमा परेका होलान् !
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com