मेरो क्लाइमेक्स पार्टी अध्यक्ष र निर्वाचित प्रधानमन्त्री हो ।’- बामदेव गौतम : आजका हेडलाईनहरू

प्रकाशित मिति: २५ आश्विन २०७५, बिहीबार ०५:१५

बुद्ध भारतमा जन्मेको प्रचार गर्दै कपिलवस्तुकै सांसद्  !
जोगीको भेषमा चोरीको चाह, त्यसैलाई पठाउने  कुन पार्टी आहा!

दशैंको दिन छोरा  काठको बाकसमा फर्किंदा …..
बेरोजगारी रहित् समृद्ध नेपालको सपना देखाउनेहरुलाई चुनौती !

प्रचण्ड निवासमा तयार भएको थियो बामदेवका लागि रामवीरको राजीनामा !
एक तीर दो शिकार, निहुँ खोजे लठ्ठी तयार !

नेकपाको सिट गुम्ने गरि उपनिर्वाचन हुँदैन : प्रचण्ड
यो निर्वाचन अन्तरयामीहरुको योजनाबद्द यात्रा !

भिम रावलको प्रश्न – बामदेव किन चुनाव लड्ने ?
बामदेवको जवाफ: मेरो क्लाइमेक्स भनेको पार्टी अध्यक्ष र निर्वाचित प्रधानमन्त्री हो 

ब्राम्हण र दलित समुदायले राखे सामूहिक जमरा
जिउभरि घाउ छ, अंगुलीमा मलमी, साहसी रैछन् नुवाकोटेलाई हाम्रो सलामी  !

पार्टीले निर्णय गरे बामदेवका लागि मैले पनि छोड्नु पर्छ : मन्त्री महासेठ
प्युठानी पहडिया झर्या काठमाण्डौमा, प्वाक्क बोले जनकपुरी आउने हैनन् त्यहाँ !

कालिमाटी तरकारी बजार बन्द गर्नुपर्छ : कृषिमन्त्री खनाल
औंला दुख्यो औंलै काट्ने, खुट्टा दुखे खुट्टै,
शरिरले निहु खोजे फालिदिउँ बुट्टै ?

सप्तरीमा लामो दुरीका गाडी चालकका लागि रिफ्रेस सेन्टर
सर्वसुलभ मुल्य रिफ्रेस सेन्टर, महंगीको भारी डिप्रेस सेन्टर !

समृद्धिको महत्वपुर्ण आधार पर्यटन : मुख्यमत्री पौडेल
हिमाल भास्सिंदै, जंगल मास्सिंदै, बस्नै पर्ने भो, अझै  आस लिंदै !

रामवीरका चुनावी कमाण्डर भन्छन् : बामदेवका लागि कसरी भोट माग्नु ?
विकाश र समृद्धि तपाईँको खाँचो, रामवीरले सकेनन्  बामदेव आको ! माग्नुस भोट् …

ओली सरकार सुस्त भयो, अब गियर चेन्ज गर्नुपर्छ : टोपबहादुर रायामाझी
सोझै भन्नुस न कमरेड, गियर भनेको ‘मन्त्री’ हो, फेर्नु भनेको ‘मलाई’ हो !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com