‘बिहेअघि सेक्स नगरौं’ भन्दै सप्तरीका साइकल चालक : आजका हेड्लाइनहरु……

प्रकाशित मिति: २९ आश्विन २०७५, सोमबार ०४:१५

रेनु  दहालको दिक्दारी : खोई सबैले साथ दिएको ?
चुनाव जित्न गर्या थ्यौ झेल, पालोको पैंचो हुँदैछ कि खेल !

प्रधानमन्त्रीज्यु, मन्त्रीमाथि डण्डा चलाउन थाल्नोस् : माधव नेपाल
सक्नु हुन्छ डण्डा लाउन थाल्नोस् , हैन भने डण्डा उनैलाई फाल्नोस् !

पार्टी नेतृत्वमा देखिएको असमझदारीको सुरक्षित अवतरण भयो : प्रचण्ड
पदीय विवाद स्थायी खेल, नदेखिए पनि भै रहन्छ झेल !

एमबीबीएस अध्ययन शु:ल्क बढेन, बढी लिने कलेजले फिर्ता गर्नुपर्ने
पहिलो पटक सुनियो काँन पवित्र समाचार, थोरे उल्टिएन भने !

दशैंमा नेपाली सेनाको नि:शुल्क बस सेवा (रुटसहित)
खचाखच भिंडमा छरेका चकलेट, पाउनेलाई मुखमिठो नपाउनेलाई के !

एसएसपीबाट डिआईजीमा बढुवा भएका ११ जनालाई फूली
फूली थपियो कि धन र वल सँगै बढ्ने अश्त्र !

टोखा नागरपालिकाका अधिकृत एक लाख घुससहित पक्राउ
दशै खर्च जोगाउने थियो उनको चाह, भित्ताका नि आँखा हुन्छन बल्ल पाए थाहा !

इलाका प्रहरी कार्यालय बाबियाचौरका इन्सपेक्टर १५ हजार घुससहित पक्राउ
जात फाल्यौ गुन्द्रुकमा, एउटा खसी आउन्न दशैमा !

छानबिन समितिले भेटेन खुर्सिद हत्याको रहस्य !
सिमानाका जनता सधैं त्रसित, वारी हुन्छ  अपराध पारी हुन्छ पुरस्कृत !

प्रहरीलाई घुस दिने दुई जनामाथि सार्वजनिक मुद्धा
‘घुस दिने र लिने दुबै देशका शत्रु हुन्’ : यस उद्गारको पहिलो प्रयोग !

‘बिहेअघि सेक्स नगरौं’ भन्दै सप्तरीका साइकल चालकको धपेटी
युवाको प्रश्न : ३५ बर्ष सम्म बिहे नगर्ने, के गर्नु तिनले हेरेरै मर्ने ?

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com