म्यान पावर कम्पनीले अब ज्यान पावर देखाउने : आजका हेडलाईन

प्रकाशित मिति: १६ कार्तिक २०७५, शुक्रबार ०४:५२

 

  • मलेसिया सरकारसँगको श्रम सम्झौतालाई मेनपावरको तगारो
    नहुन्जेल आफ्नो लागि उघारो, तेर्स्याउछन यिनले सधैं तगारो !

  • माथिल्लो तामाकोशी : निर्माण अवधि लम्बिएसँगै लागत दोब्बर
    काम अड्काउने, दाम पड्काउने, यिनैले हो लागत बढाउने !

  • समयमै काम सक्ने ठेकेदार : समानान्तर निर्माण सेवाका अच्युत खरेल
    दण्ड र पुरस्कार नभएको बेला, नाक जोगाउने एउटा दुम्मु परेकाछन् फेला !

  • ६ महिना देखिको पुरानो मासु बिक्री गर्ने पसल सिलबन्दी
    कुहिएकै मासुमा एक मानो खुर्सानी, तिनैलाई खुवाउनु पर्ने कोर्रा हानि हानि !

  • डा. बाबुराम भट्टराईको विश्लेषण : काँग्रेस र कम्यूनिष्ट ‘ब्राण्ड’ पतनशील, नयाँ शक्ति प्रगतिशील
    देख्नेका आँखा फूटे सुन्नेको सही, माटोमै मिलि सक्यौ फुर्फुर अझै !

  • नक्कली जन्म दर्ता गरेको आरोपमा सर्वोच्चका न्यायाधिशकी श्रीमती पक्राउ
    अदालतका श्रीमान, उनकै श्रीमती, त्यही पहुँचमा गाउँतिर गरिन् गतिबिधी !

  • सर्लाही हत्याकाण्ड : राजनीतिक कि व्यक्तिगत रिसईबी ?
    हुन सक्छ, रिसईबिले हत्या गरेको, राजनीतिक रंग दिने बानी परेको !
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com