ल पढ्नुस्,’नाकलाई खोल हाल्नु’ को अर्थ के होला ?

प्रकाशित मिति: २९ कार्तिक २०७५, बिहीबार ०४:०९

सिरकलाई खोल हाल्ने कुरा हामीले सानै देखि सुन्दै आयौं । डसना र तकियाको खोल पनि देखेकै हौं । तर भर्खरै मात्र ‘नाकलाई खोल हाल्ने’ कुरा सुन्न पाइयो । ईलाम चिसापानीकी पार्बत्ता दिदीले आफ्नो ५६ बर्षे जीवनकालसम्म ‘नाकलाई खोल हाल्दा हाल्दै जिन्दगी बितेको’ कुरा सुनाउनु भएपछि यो बिषय खुलेको हो । लाग्छ, नेपाली ब्यंग्य जगतमा यो कुरा नयाँ नेपाली उखानको रुपमा जबरजस्त प्रबेश गरेको गजुरियल बिश्लेषण  छ । आउनुस, यो महत्वपुर्ण बिषय  सुने पछि यसबारेमा  कहा, कसरी, कस्ले नाकमा खोल हालेछन भन्ने कुरा खोजी गरौं ।

आफ्नी छोरीको जन्म दिनमा एउटा मिठो चकलेट किन्दिन नसक्नु, छिमेकिकी छोरीको बर्थ डेमा सापटी काढेर सयौंको गुडिया किनिदिनु ।

शुभकार्यको निम्ता त आयो, आधारभुत श्रृङ्गार छैन । मन मिल्ने कसैसँग मागेर लाउनु, त्यै पनि नभए बिरामीको बहानामा घरमै सुत्नु ।

आमाको जन्मदिन बिर्सने सासुमाको मनाउने, आफ्नो मर्क्या खुट्टा माड्न नभ्याई, अरूको ढाड कन्याउने ।

छोरीको विवाहमा लगाउने श्रृङ्गार छैन . साँइलीको सारी, फुच्चीको फुली, चन्द्रीका चप्पल मागेर लगाई जग्येमा अन्माई ।

घरमा मुसा दौडन्छन आधापेट खाई, ८४ ब्यन्जन ज्वाई, पाहुनलाई ।

यि केही प्रतिनिधि कुरा मात्र हुन । नाकलाइ खोल हाल्ने काम हाम्रो समाजमा धेरै भएका छन । कुनै काम गर्न आफ्नो सामर्थ्य नभए पनि दुःख लुकाएर समाजलाई ख़ुशी पार्दै इज्जत जोगाउनु नै ‘नाकलाइ खोल हाल्नु’ रहेछ । लौ तपाईहरु पनि  आफ्नो समिक्षा गर्नुस त,  कति पटक नाकलाइ खोल हाल्नु भयो  !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com