कृषि समितिकी सभापत्नीज्युको सारगर्वित भन्तब्य !

प्रकाशित मिति: १८ भाद्र २०८०, सोमबार ०९:२९

नेपाल कृषि प्रधानमन्त्री देश हो । प्रधानमन्त्रीको खेती घरघरमा गरिनेछ । तल हिमालमा आँपको फ्याक्ट्री खोलिनेछ । माथी तराईमा सुन्तलाको कारखाना चलाईनेछ । सुन तोलाको अहिले लाख रुपैंया हाराहारी छ । तरपनि हामीले हार मानिनेछैन । हारभन्दा छड्के तिलहरी सुहाउँछ ।

तिलको अचार एकदमै मिठो हुन्छ । तिललाई पहाड बनाउन दिईनेछैन । पहाडमा हार्डवर्क गर्नुपर्छ । हिमालमा हिलो हुन्छ । मधेशमा माछा रोप्नुपर्छ । रोपाईं र तपाईंबिच एकता हुनुपर्छ । एकता कपुरका सिरियलहरु साह्रै उब्जाउ हुन्छन् ।

दुध दिने ट्यांकरको लात्ती सहनुपर्छ । खेत जोत्ने ट्याक्टरलाई पोसिलो घाँस खुवाउनुपर्छ । जार काट्ने चलन पुरानो भैसक्यो । खेतबारीमा जारको पानी हाल्नुपर्छ । डाँडाकाँडामा धानका रुखहरु रोप्नुपर्छ । मकैका लहराहरु बढाउनुपर्छ । बाँझो जमीनलाई गर्भवती बनाउनुपर्छ ।

मेरो कार्यकालमा अनिकाल पर्ने छैन । काल नआई अनिकाल आउँदैन । किसानलाई मलको अभाव हुनेछैन । सिभिल मल, भाटभटेनी मल सर्बत्र उपलब्ध हुनेछ । बिस्तारै लुलु मल, हाईपर मलपनि उलब्ध गराईनेछ ।

अन्त्यमा, ‘एक किसान – एक भिषान’ को नीति ल्याईनेछ । ‘एक भोट -एक गोठ’मा बजेट उडाईनेछ । घरघरमा ‘कसमको खेती’ गरिनेछ । कमिसनको बिउमा लगानी गरिनेछ । नक्कली किसानलाई रिण दिईनेछ । सक्कली किसानलाई लिंडको ब्यवस्था गरिनेछ । प्रत्येक किसानलाई शरणार्थी भिषा लोन उपब्लध हुनेछ । जय नेपाल ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com