आजका हेडलाइनहरु : सरकारको बोली जनतालाई थाहा छ, बिचार र ब्यबहार धेरै फरक भा छ…

प्रकाशित मिति: ११ मंसिर २०७५, मंगलवार ०४:४१

 

वाइडबडीबारे लेखा समिति : ‘साढे ६ अर्ब घोटाला’
६अर्ब बोक्ने कति थिए झोला, देख्न पाए हुने कहाँ राख्या होला !

खोकनामा द्रुतमार्ग निर्माण तत्काल रोक्न सांसदहरुको माग
हतारको निर्णय फुर्सदको पछुताई, आशाको किरण बिहानै अस्ताई !

सुनकाण्डको प्रतिबेदन सिंहदरबारमै गुपचुप, आरोपीसँगै !
पहराको लहरा जस्तै सुनकाँण्डको सञ्जाल, तानिरहन नसक्ने भए आइरहन्छ झनझन्  !

बिकाश कसरी गर्नु पर्छ सरकारलाई थाहा छ : प्रधानमन्त्री ओली
सरकारको बोली जनतालाई थाहा छ, बिचार र ब्यबहार धेरै फरक भा छ !

वाइडबडी विमान खरिदका दोषी उम्कन पाउँदैनन् : मन्त्री अधिकारी
खाल्टो भित्र पसिन्छ कि नसोचेकै हुन पहिले, आँङ्गभरि हिलो लाग्यो रुमाल खोज्छन ऐले !

सरकार, मिडियाले मलाई गुण्डा जस्तो बनाए : पप्पु कन्स्ट्रक्सका मालिक रौनियार 
ठेक्का पाउँन सुण्ड मुण्ड चलाएकै थे पहिले, काम अनुसार नाम पाए गुण्डा भने ऐले !

मन्त्री अधिकारीको स्पष्टोक्ति : वाइडबडी जहाज खरिदमा मेरो कुनै संलग्नता छैन
मन्त्री बनि सही गर्ने थियो कि अहमता, आँखा चिम्लि धस्काएछौ त्यहि भो संलग्नता !

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com