आजका हेडलाइनहरु : सबैलाई खुशी पार्ने सरकारी मेलो, जहाँ देख्यो त्यहिं खेद्ने प्रतिपक्षी खेलो…

प्रकाशित मिति: १४ मंसिर २०७५, शुक्रबार ०३:५५

काठमाण्डौंमा नेपाली उद्दमीलाई सुकीले भनिन्- म्यान्मारमा लगानी गर्नुस्
जोगिका घरमा सन्यासी पाहुना, लगानी भए हाम्रैमा आउन !

गोंगबुमा ८ बर्षीय बालकको अपहरणपछि हत्या, झोलामा शव भेटियो
लोभ,मोह, घृणा, क्रोध कुन चाहीं सक्रिय भो, यहि कुरा पुरा गर्न त्यसले ज्यान लियो !

इन्जिनियरको चुनावी कर्मकाण्ड : दलीय समुह, दास मानसिकता
दलीय, गुटीय, भेगीय एकता, समग्रता र उत्कृष्टता जान्छ कताकता !

क्रिस्चियन धर्मगुरुबाट आशीर्वाद लिंदै प्रधानमन्त्री दम्पती
सबैलाई खुशी पार्ने सरकारी मेलो, जहाँ देख्यो त्यहिं खेद्ने प्रतिपक्षी खेलो !

वडाको सार्वजनिक सुनुवाइ : जनप्रतिनिधिहरुलाई प्रश्नको झटारो हान्नुपर्ने ठाँउमै सहभागि किन कम ?
घरवाला खास्सै आउँदैनन्, डेरावाला भ्याउँदै भ्याउँदैनन् !

सेनाको भर्नामा ३ करोड २२ लाख घुस, तिन अधिकृतसहित ११ जना बर्खास्त
बर्सौं सम्म यसैगरी धनी भए को को, पहिलो पटक यी ११ बने बलि बोको !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com