आजका हेडलाइनहरु : सम्मानको लोभ अर्काको इख, ख्याल ख्यालमै बन्यो सधैंलाई विष…

प्रकाशित मिति: २१ मंसिर २०७५, शुक्रबार ०४:०१

.

संसद आवास हडपेर मन्त्रीनिवास वनाउने निर्णय
ठुलैलाई चैन सानालाई ऐन, मानसिकता पुरानो हटेकै छैन !

महिला सहभागिताको सवालमा नेकपा महिला नेत्रीको गुनासो
प्रतिस्पर्धा गर्ने महिलै कम, पुरातन मानसिकता बाधक छ झन् !

चोभारमा हुनेछ भारत र चीनबाट आउने रेलको भेट
रेल आउन समय लाग्छ कुरा सुनौं पहिल्यै, नदेखिंदै मरिन्छकी सपनीमा गुनौं अहिल्यै !

‘बुद्धिजीवी’ लाई प्रधानमन्त्रीको कटाक्ष : ‘वादविवाद गर्न खोजेको हो ? म पनि जवाफ दिऊँ ?’
ख्याल ख्यालैमा जिस्किंदा त त्यति तिखा कुरा, साँच्चै भन्नु प~यो भने बन्लान लाग्ने छुरा !

भैंसेपाटीमा मन्त्री निवास बनाउने निर्णय, पुल्चोकमा राकीय अतिथि भवन
ठुलै घरको स्याहार सम्हार झुप्रा जहाँ जाला, जसले पायो डाडु पन्यु त्यसल्यै पहिले खाला !

शाहीकालका अर्थमन्त्री रुपज्योती विरुद्ध पक्राउ पुर्जी जारी
प्रतिस्पर्धी घरानियाहरुका निम्ती खुच्चिङ गर्ने अवसर !

सञ्चारमन्त्रीले भने-एसिया प्यासिफिक समिटमा कोईराला जाँदा शान्तीदूत, अओली जाँदा अपराधी ?
सम्मानको लोभ अर्काको इख, ख्याल ख्यालमै बन्यो सधैंलाई बिष !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com