एकनाथको कोरियन प्रबचन– ‘आनेङ् हँसाइयो, सबलाई फँसाईयो !’

आनिङ् हासेयो । धर्म मासियो । संस्कार नासियो । कोरिया पसियो । फिलिपिन्स बसियो । जता गुलियो । उतै भुलियो । संसार डुलियो । मन्दिरमा उम्रियो । चर्चमा फुलियो । चर्चा चुलियो । त्यसपछि नेपालमा हुलियो, खाम्सामिदा !

आजुमा–आगासी, राम्रै बनाएँ लिगेसी । दल खोलें परिवार, प्वाल पारें वारपार । मोज गरें बैंसमा, मन्त्री पड्काऐं पैसामा । डलर थियो साथमा, माधव लिएँ हातमा । उनकै एउटा बोलीले, ‘हुन्छ’ भने ओलीले । तिन्टा शिकार हान्दिएँ, ‘कोरियन माता’को गोलीले । खाम्सामिदा !

खाम्सामिदा ! एउटा गोली पड्कियो, ‘कम्युनिष्ट’को छातीमा । अर्को अड्कियो, ‘सनातन संस्कृति’को घाँटीमा । तेश्रोले बिथोल्यो सद्भाव र शान्ती, चौथोले बढायो द्वन्दको भ्रान्ती । पहिले भन्थे, सबैसे ठूला पशुपतिनाथ । त्यो भन्दा ठूलो, म एकनाथ ! खाम्सामिदा !

खाम्सामिदा । माधव फिदा । ओली लठ्ठ । जोली चट्ट । कोईराला ल्याम्मै । थापा झ्याम्मै । को कम्युनिष्ट ! को कांग्रेस ! हिन्दुलाई पनि च्याप्प ! बुद्धिष्टलाई पनि झ्याप्प ! जस्लाई भेटें उसलाई समाएँ । होली वाईन हातमा थमाएँ । पिए सब्ले सुरुप्प, माता बोलिन् खुरुक्क– ‘एकमात्र छोरी जिससकी म, मैले भनेको नमान्ने तँ ?’

माताले छर्किन् वाईन्को झोल्, त्यसपछि भनिन्, ‘आँखा खोल् ।’ खोल्दा ‘नेपाल’ गैसक्या थियो, ‘ईश्वरीय राज्य’ भईसक्या थियो । खाम्सामिदा !!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com